महेश सिंह /सिरहा – सिरहाको लहानमा डेभलपमेन्ट अफ नेपालका सयौं युवाहरुले स्व्च्छता अभियानमा जुटीएका छन्।लहानको तरकारी बजारबाट सुरु गरिएको सरसफाइ अभियान बजार भरि फोहोर उठाएका छन्।हाम्रो नगर सफा सुन्दर शहर भने मुल नाराको साथ सयौं युवाहरुले अभियानमा लागेका हुन्।
महिनौं दिन देखि थुपरिएको फोहर युवाहरुले उठाएका छन। सप्तरीका महादेवा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दिलिप कुमार यादवको नेतृमा युवाहरुले अभियान सुरु गरिएका हुन्।वातावरण पदूषणबाट हुन् बाट रोकौ,अनावश्यक जथाभावी फोहोर मैला नफालौ,घर अगाडि फोहर हैन फुल रोपौ बाटो प्रदुषणबाट रोकौ,खाली जमिनमा बृक्षारोपन गरौं,फोहर ब्यवस्थापनमा लागौं भने दर्जनौं नाराहरु को साथ अभियानमा लागेका हुन्।
एक कार्यक्रमको आयोजना गरि लहान बजारलाई सफा र सुन्दर भनाउनमा टेवा पुगाउने गरिएका छन्। युवाहरुको अभियान सफलताको ओर जाओस् नेपाल पत्रकार महासंघ सिरहा शखाको अध्यक्ष मनोज बनैताले बताए।
युवाहरूको प्रयासले नै लहानको सरसफाइको बिकासमा टेवा पुग्छन् संचारकर्मी लाल बिहारी यादवले बताए।
Discussion about this post