धनुषा । मधेस प्रदेशको धनुषामा काडा बनाउने विषयमा विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेको खुलेको छ ।
जिल्लाको बटेश्वर गाउँपालिका ५ शान्तिपुर बस्ने २८ वर्षीया रिता देवी भन्ने अमृता कुमारी यादवको हत्या आरोपमा ३२ वर्षीय श्रीमान विरेन्द्र यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरी घटनाको अनुसन्धान गर्दै जाँदा श्रीमानले घरायसी विवादमा श्रीमतीको हत्या गरेको खुलेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
श्रीमान र श्रीमतीबीच घरायसी कुराहरूलाई लिएर पहिला देखिनै विवाद हुँदै आएकोमा घटनाको दिन रितालाई काडा बनाई दिन भन्दा उनले इनकार गरेपछि सोही विषयमा दुबैजनाबीच झै–झगडा भएको थियो ।
झै–झगडा हुँदा घरमा रहेको सानो बन्चरोले रिताको टाउको तथा अनुहार भागमा काटेर हत्या गरेको खुलेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छन् ।
Discussion about this post