इनरूवा । देवानगञ्ज गाउँपालिकाको अधिकाँस किराना पसलमा तस्करीको समान विक्रिवितरण भईरहेको स्थानीयहरुले गुनासो गरेका छन् । चोरी तस्करी भएर खुलेआम आएका समान बिक्रि भएको भएपनि अनुगमन गर्ने निकाय मौन बसेको स्थानीयहरुको आरोप बाहिर आएको छ ।
देवनागञ्ज २ का स्थानीयबासीका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिकाको अधिकांस किराना पसलहरुमा तस्कारीको समान खुलेआम विक्रिवितरण भइरहेको छ । यसरी खेलेआम तस्करीका समान आयात र विक्र समेत भईरहँदा सम्बन्धित निकाय र अनुगमन गर्नेहरु मुर्खदर्शक बनेकाले उपभोक्ता दोहोर मारमा गरेको गुनासो बाहिर आएको छ ।
सिमापारी भारतीय बजारबाट चोरी तस्करी भएर सुरक्षाकर्मीकै सामुने आउने समानहरुको भन्सार नतिर्ने र नेपाली बजारकै भाउँमा विक्रि गर्दा एकारित गुणस्तर नभएको सामान र अर्को तिर पुरा मुल्य तिर्नुपर्ने बाध्यताले नागरिक मारमा परेका छन् । सीमामा खुलेआम आएका तस्करीका सरसमानहरु बजार पसलमा पनि खुलेयाम बिक्रि भएको भएपनि अनुगमन गर्ने आन्तरीक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र गाउँपालिका समेतका निकाय मौन बसेको स्थानीयहरुको आरोप रहेको छ ।
देवानगञ्ज बजारको अधिकांस किराना पसलहरुमा भारतीय बजारबाट भन्सार छलि गरी ल्याएको चिनि, खानेतेल, चामल, दाल, मसला, कस्मेटिक लगायत सामानहरु खुलेआम बिक्रीवितरण गरेर उपभोक्ता ठगि रहेको बताइएको छ । स्थानीयहरुका अनुसार देवानगञ्जको अधिकांस किराना पसलहरुमा भारतीय बजारबाट तस्करी गरि ल्याएको समानहरु विक्रि गर्ने र त्यो पनि गुणस्तर हिन तर महगो मूल्यमा विक्रि गरी सर्वसाधरणहरुलाई ठगीरहेका छन् । नियमित बजार अनुगमन नहुदाँँ व्यापारीहरुले मनपरि मूल्य राखेर समान विक्रि गर्ने र बिलबिजक समेत नदिई कालोबजारी गरिरहेको समाचार स्रोतको दावि रहेको छ । स्थानीयका अनुसार एकातिर राजस्व छली र चुहावट अर्को तिर नागरिक गुणस्तरहित सहित महंगो मूल्य तिर्नुपर्ने अवस्था रहेको छ ।
सीमाका बजारमा न बिलबिजक जारी गरेको छ न मूल्य सुचि न त गुणस्तरीय समान दिएको छ , केवल कालोबजारीमा व्यस्त बनेका छन् । कयौं पसलमा व्यवसायिक दर्ता प्रमात्र समेत ग्राहकले देखने गरि राखिएको छैन् भने सीमापारीका कमसल समान विक्रि गरेर ग्राहकहरुलाई बेचेर स्वास्थ्य माथि खेलबाड गरिरहेको पत्रकार ब्रहमदेव मेहताको भनाई छ । गाउँपालिका भित्र पर्ने देवानगञ्ज बजार, कप्तानगञ्ज बजारका साथै गाउँघरको अधिकांस किराना पसलहरुमा पनि तस्करीको समान विक्रि वितरण गर्ने गरेको पाईएको छ । त्यस्तै सुनसरीे जिल्लाको सीमावर्ती बर्जु गाउँपालिका, हरिनगर गाउँपालिकाकाे भुटाहा, घुस्की, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाकाे लाैकही, भन्टावारी, श्रीपुर, हरिपुर लगायतका क्षेत्रका अधिकांस भारतीय सीमासंग जोडिएको बजारहरुमा तस्करीको समानहरु विक्रिवितरण भइरहेको छ । उपभोक्तालाई ठगी गर्ने, राज्यको राजश्वस समेत चुहावट गर्ने व्यपारीहरुलाई कानुनी दायरामा ल्याउन अवश्यक देखिन्छ होइन भने व्यापरी मालामाल हुने र उपभोक्ता आर्थिक र स्वास्थ्य रुपमा पनि मारमा परिरहने देखिन्छ ।
Discussion about this post