देवानगञ्ज । देवानगञ्ज गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा दुई दिने पोषण कार्यक्रमको पालिका स्तरीय समिक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रमकामा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले देवानगञ्ज गाउँपालिकाको पोषण स्थितिको सुचकहरु अत्यन्तै राम्रो रहेकोमा खुसी व्यक्त गर्दै गाउँपालिकालाई पोषण मैत्री पालिका बनाउन आफुहरु लाग्ने बताउनु भएको थियो । अध्यक्ष मेहताले स्वास्थ्य चौकीहरुले प्रदान गर्ने सेवालाई थप गुणस्तरीय बनाउन गाउँपालिका उच्च प्राथमिकताका साथ लाग्ने र यसका लागि सकेसम्म रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन सम्पुर्ण स्वास्थ्यकर्मीहरु लाई लाग्न आग्रह गर्नुभएको थियो ।
उपाध्यक्ष कुमारी बिभा यादवले पालिकालाई स्वास्थ्य क्षेत्रमा नमुना पालिका बनाउन सबै मिलेर लाग्नुपर्ने र स्वास्थ्य क्षेत्रमा पालिकाले गरेका कार्यहरूको प्रशंसा गर्नुभएको थियो । देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलले देवानगञ्ज गाउँपालिकालाई सुखी र समृद्ध पालिका बनाउने उद्देश्य अनुसार स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्न सफल भएको र आगामी दिनहरूमा पनि यसलाई अझै बढी प्रभावकारी बनाईने बताउनु भएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख उमेश प्रसाद मेहताले कार्यक्रको उद्देश्यमाथि प्रकाश पार्दै देवानगञ्ज गाउँपालिकाको पोषण स्थिती तथा समग्र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरु , न्यूनतम सेवा मापदण्ड सेवाको महत्व र सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने गृह कार्यका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो
कार्यक्रममा देवानगञ्ज गाउँपालिका अन्तर्गतको सातै वडामा पर्ने स्वास्थय चौकी प्रमुखले स्वास्थयको वर्तमान अवस्था बारेमा जानकारी गराएका थिए भने अन्य स्वास्थ्य कार्मीहरुले पोषण कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
Discussion about this post