टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ९ बाैनियामा तीन महिने कृषक पाठशाला काे अाज एक कार्यक्रमका बिच सम्पन्न गरिएकाे छ ।
दिगाे बिकास समाज भजनीद्वारा संचालित पाेषण तथा उत्थानशिल जिबिकाेपार्जन परियाेजना अन्तरगत जलबायु अनुकुल कृषक पाठशाला समापन समाराेह कार्यक्रममा जुनेली कृषक पाठशाला कि अध्यक्ष बसन्ती चाैधरीकाे अध्यक्षता भएकाे समापन कार्यक्रममा प्रमुख अतिथी टीकापुर नगरपालिका वडा न ९ कि वडा सदस्य लाली चाैधरी रहेकि थिईन । कार्यक्रममा जुनेली कृषक पाठशालाका सहभागीले ३ महिनामा आफुले सिकेका कुरालाई नाटकका माध्यमबाट प्रस्तुति दिएका थिए । कृषक पाठशालामा दिगाेबिकास समाज भजनीले कृषि औजार बीउ र प्राबिधिक सहयाेग गरेकाे परियाेजना अधिकृत बिनाेद शाहले जानकारी दिए । संस्थाले कैलालीको भजनी नगरपालिका मा २ वटा र टीकापुर नगरपालिका मा २ वटा गरि ४ वटा कृषक पाठशाला संचालन गरेकाे थियाे । समापन कार्यक्रममा दिगाेबिकास समाज भजनीका सदस्य टिकाराम चाैधरी बिनाेद शाह लगायतले अाफ्ना धारणा ब्यक्त गरेका थिए ।
Discussion about this post