शुभ नारायण यादव/ सप्तरी ।
सप्तरीमा एकलाख ४० हजार घुस रकमसहित एक जना इन्जिनियर पक्राउ परेका छन्
। सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले इन्जिनियरलाई पक्राउ गरेको हाे।
सेवाग्राहीबाट एक लाख चालीस हजार रुपैयाँ घुस वापतको रकम लिइसकेको अवस्थामा रकमसहित उनको कार्यकक्षबाट पक्राउ गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
यता साे सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारको कार्यालय इटहरिले जनाएको छ ।
पछिल्लोपटक स्थानीय तहमा सबैभन्दा बढि भ्रष्टाचार भएको उजुरि आएपछि स्थानीय तहमा अख्तियारकाे ध्यान केन्द्रीत भएको सराेकारबालाहरुकाे भनाइ रहेको छ ।
Discussion about this post