इनरुवा / सुनसरीको बराहक्षेत्र ८ मा रहेको रामधुनी सामुदायिक वन सालबन्दीमा जटायु रेस्टुरेन्ट अर्थात् गिद्धको रेस्टुरेन्ट सञ्चालित छ । उक्त रेस्टुरेन्टमा गिद्धलाई नियमित चारो दिइन्छ ।
गिद्धको चारो व्यवस्थापनकै लागि त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी गाई पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरू उक्त रेस्टुरेन्टमा ल्याएर निःशुल्क दिने गरेको स्थानीय योगेश खतिवडा बताउँछन् ।
एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिव ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुयाउछ । सोही कारण विश्वमा गिद्ध संरक्षण गर्न ठूलो लगानी खर्च पनि भइरहेको छ ।
सुनसरीको बराहक्षेत्र-८ मा रहेको रेस्टुरेन्टमा झण्डै १२० भन्दा बढी गिद्ध रहेको अनुमान छ । सो क्षेत्रमा जाडोको मौसममा हिमाली गिद्धहरु पहाडबाट झर्छन् फागुनको अन्तिमसम्म बसेर गर्मी महिना लागेसंगै ती गिद्ध फेरि पहाडतिर लाग्छन् । साइबेरियाबाट कोशी टप्पुमा विभिन्न चरा आए पनि गिद्ध भने सो क्षेत्रमा नेपाल बाहिरबाट आउँदैनन् ।नेपालमा जटायु रेस्टुरेन्ट जम्मा ६ वटा छ । त्यसमध्ये प्रदेश १ मा यही एउटा मात्रै हो ‘हामीले अनुभव गरेको के हो भने महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावी जीवजन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्छ, स्थानीय योगेश खतिवडा भन्छन्, ‘पृथ्वीको सफा गर्ने कुचिकार भनेकै गिद्ध हो पृथ्वीलाई सफा गर्छ भने यसलाई संरक्षण गर्नुपर्छ ।
यो क्षेत्रमा जटायु रेस्टुरेन्ट बनाउनुको उद्देश्य सुनसरीलाई विश्वमा चिनाउनु रहेको उनको भनाइ छ । ठूलो जंगल क्षेत्र रहेको सो रेस्टुरेन्टको नजिकै मानिसहरूको मनोरञ्जनका लागि पार्की निर्माणका लागि भौतिक संरचना धमाधम बनिरहेका छन् । गिद्ध संरक्षणमा विश्वले धेरै डलर खर्च गरे पनि यहाँसम्म कम आउने गरेको खतिवडा बताउसम्म गिद्ध आठ दिनसम्म नखाई बाँच्छ । यहाँ एक सय हाराहारीमा गिद्ध छन् अध्ययन अनुसार एउटा गाई खानका लागि त्यहांका गिद्धले १८ मिनेट लगाएका थिए । उक्त रेस्टुरेन्टको सबै व्यवस्थापन रामधनी सामुदायिक वन सालबन्दील गरिरहेको छ । उक्त वनले गिद्ध संरक्षण थालेको आठ वर्ष नाघ्यो। सो क्षेत्रको प्रचार प्रसार र लगानी कम छ । गिद्धको आहाराका लागि त्यहाँ गाईपालन गरिएको छ । गिद्ध मांशाहारी भए पनि जिउदो जनावरमाथि कुनै आक्रमण गर्दैन । यसले मरेको सिनो मात्रै खान्छ । यिनीहरू आपसमा कहिल्यै झगडा गर्दैनन् ।सिनो फालेपछि सुरुमा कारा आउँछ । कागले कराएर सन्देश टाढा टाढा पुयाएमा गिद्ध आउन थाल्छन् । अनुसन्धान अनुसार सिनो हालेको आधा घण्टामा गिद्धहरु आइपुग्छन् । गिद्धले ८० कोप टाढासम्म देख्ने अनुसन्धाताहरू बताउँछन् ।
सो रेस्टुरेन्टमा गाईबाहेक मरेका बाखा, कुकुर, भैसी पनि जनताले ल्याइदिन्छन् । पहिले सामुदायिक वनसँग सम्पर्क गरेर औषधि हाले नहालेको चेकजाँचपछि डाक्टरको सिफारिसमा गिद्धलाई खान दिइन्छ । एक पटकमा एउटा हिमाली गिद्धले आठ किलोसम्म सिनो खानसक्छ ।
गिद्धको संख्या पहिलेको भन्दा बढेको छ । पहिलो पटक सर्भे गर्दा यसको गुड संख्या आठ वटा थियो । दोस्रो पटक सर्भ गर्दा ११ वटी भेटियो । तेस्रो पटक सर्भे गर्दा १८ वटा भेटियो । ‘गुड बढ्नु भनेको यसको संख्या बढेको हो,’ खतिवडा भन्छन् । एक जोर गिद्धले एक पटकमा एउटा अण्डाबाट एउटै चल्ला कोरल्छ ।
Discussion about this post