शुभ नारायण यादव /सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवले सामुदायिक बिघालयमा शिक्षाको स्तर कमजोर हुनुमा विद्यालयका प्राधानाध्यापक दोषी रहेको आरोप लगाएका छन् । सप्तरीको विष्णुपुर गाउपालिका वडा न. ४ स्थित रहेको डिहवार राष्ट्रिय प्राथमिक विद्यालय वेल्हामा आज आयाेजित विद्यालय व्यवस्थापन समितिको पदभार तथा प्रमाण पत्र वितरण कार्यक्रममा अध्यक्ष यादवले यस्तो आराेप लगाएका हुन् ।
अध्यक्ष यादवले यस विष्णुपुर गाउँपालिका भित्र रहेका १८ वटा विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनुमा प्राधानाध्यापकहरुको विद्यालयमा अनियमित उपस्थिति, शिक्षा प्रतिको शिक्षककै उदाशितना, विद्यालयमा शिक्षकहरुलाई नातेदारको हिसाबले देखिनुले विद्यालयको पढनपाढनमा कमजोरी भईरहेको बताएका छन।
विद्यालय व्यवस्थापन समितिको पदभार तथा प्रमाण पत्र वितरण कार्यक्रममा सम्बोधनका क्रममा गाउपालिका अध्यक्ष यादवले शिक्षाको गुणस्तर कमजोर हुनुमा शिक्षक मात्र दोषी नभई अभिभावक समेत दोषी भएको बताउदै उनले अभिभावकले पनि विद्यालयमा पढनपाढनको अवस्थालाई सुधारगर्न समय समयमा विद्यार्थीलाई शिक्षकले के कसरी पढाईरहेको विषयमा चासो नदेखाउँनुले पनि शैक्षिक स्तरमा ह्रास आईरहेको बताए ।
कार्यक्रममा सात सदस्यीय नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष कुमार यादवले विद्यालयको भौतिक संरचना देखि शैक्षिक स्तर एकदमै कमजोर भएको बताउदै विद्यालयको समग्र विकासका लागि मलाई सर्वसहमतिले चयन गरेका अभिभावक,विद्यार्थी र विद्यालयको विकासका निम्ति एककदम पछाडि नपरि काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा अभिभावक, बुद्धिजिवि, १८ वटै विद्यालयका शिक्षक प्रतिनिधि, विद्यालयका जग्गा दाता लालापट्टी निवासी पूर्व शिक्षक रामदेव यादव, वडाअध्यक्ष श्री चन्द साह, शिक्षा संयोजक लगायतकाहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post