मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिताकाे सेमीफाईनका खेल सम्पन्न भएका छन । सगरमाथा युथ क्लब बटनपुरकाे अायाेजना तथा धनसिहपुर प्रबासि समितकाे सहयाेगमा संचालन भएकाे फुटबल प्रतियोगितामा मिलन चाेक युवा क्लब टीकापुर र सगरमाथा युथ क्लब बिच भएकाे सेमिफाइनल खेलमा सगरमाथा युथ क्लब बिजय भई फाइनल प्रबेश गरेकाे छ । युथ क्लब बटनपुर A र मिलन चाेक युवा क्लब बिच भएकाे सेमिफाइनल खृलमा ३-२ गाेल अन्तरले सगरमाथा युथ क्लब बटनपुर A फाईन प्रबेश गरेकाे छ । मंगलबार सेमिफाईन खेल युनाइटेड एकाडेमी स्कुल टीकापुर र १४ जिअार बिच भएकाे थियाे । १४ जिआर टीकापुरले पहिलाे हाफमा एक गाेल गर्न सफल भएकाे थियाे भने दाेश्राे हाफमा युनाइटेड एकाडेमी स्कुल एक गाेल फर्काए पछि खेल बराबरीमा पुगेकाे थियाे । त्यस पछि दुबै टिमबाट कुनै पनि गाेल नभए पछि पेनाल्टी सुटअाउटमा युनाइटेड एकाडेमी स्कुल बिजय भएकाे छ । भने युनाइटेड एकाडमी स्कुल फाईनमा गएकाे छ । १४ गते हुने फाइनल खेल ससगरमाथा युथ क्लब बटनपुर A र युनाइटेड एकाडमी स्कुल टीकापुर बिच हुने अायाेजक क्लबका अध्यक्ष याेगेन्द्र साउदले जानकारी दिएका छन । फाइनल बिजेता टिमले ५१ हजार र उपबिजेताले ३१ हजार सिल्ड मेडल प्रमाणपत्र समेत पाउने अायाेजक क्लबका सचिब शेर बहादुर ठकुल्लाले जानकारी दिएका छन ।
Discussion about this post