इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको पहिचान र साहित्य तथा चलचित्रको क्षेत्रमा भएको प्रगतिको प्रस्तुति सहितको लागि प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारीका बारेमा नगर प्रमुख केदार भण्डारीसंग आयोजकले छलफल गरेको छ । आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले नगर प्रमुख भण्डारीसंग उत्सवको पहिलो संस्करण फागुन ७ देखि १२ गतेसम्म आयोजना हुने र त्यसको तयारी, आवश्यक खर्च, त्यसको स्रोत र नगरको लगानी सहितको बारेमा छलफल गर्नुभएको छ ।
आयोजक समितिको छलफलमा नगर प्रमुख भण्डारीले आवश्यक सहयोग गर्ने बचन दिनुभएको जनाएको छ । प्रमुखसंगको भेटामा कलाकार झोटन मेहता, प्रकाश अनुराग, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तोया गिरी, नेकपा एसकी सरस्वती लुईटेल केसी सहितको उपस्थिती रहेको थियो ।
सुनसरी सदरमुकाम इनरुवाको पहिचान र साहित्य तथा चलचित्रको क्षेत्रमा भएको प्रगतिको प्रस्तुति सहितको लागि प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव पहिलो संस्करण फागुन ७ देखि १२ गतेसम्म आयोजना हुने भएको छ । देशभरका चलचित्रको अनुभव बटुलेकाहरूको उत्सवमा प्रस्तुतिकरण महोत्सवमा रहने जनाएको छ । इनरुवा नगरपालिकाको संयोजक तथा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी गरेको जानकारी दिएको छ । महोत्सवका लागि ५५ वटा स्टल सहित पचास हजार बढी दर्शक र सय बढी चलचित्रकर्मीहरुको सहभागीता रहने आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिनुभयो । इनरुवाको स्थापनादेखी हालसम्म पहिचान कायम गराउने विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने कार्यक्रम समेत उत्सवमा समावेस गरिएको प्रधानले जानकारी दिनुभयो ।
यसैगरी चलचित्रसम्बन्धी विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफल कार्यक्रम समेत सञ्चालन गरिने जनाएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधानले महोत्सवले नेपाली चलचित्र सहित इनरुवाको प्रचार र पहिचान राष्ट्रियकरण गर्न सहयोग पुग्ने दाबी गर्नुभयो । चलचित्र निर्माता तथा निर्देशकहरुले राष्ट्रिय चलचित्र र अन्ताष्टीय महोत्सवमा प्रदर्शन भएको र प्रस्तुतिकरण गरेकाहरुले समेत उत्कृष्ट प्रस्तुतिकरण गर्ने जनाएको छ । कार्यक्रममा अग्रज चलचित्रकर्मीहरुले महोत्सवको माध्यमबाट चलचित्र र साहत्यिमा रुचि राख्नेलाई लाभ लिने अवसर प्राप्त हुने पत्रकार सम्मेलनमा आयोजक मध्येका एक तोया गिरी पोदारले बताउनुभयो ।
महोत्सवको उद्घाटन फागुन ७ गते गर्ने र त्यसक्रममा इनरुवामा शिक्षा, स्वास्थ्य, खेलकुद, चलचित्र र पत्रकारिता क्षेत्रमा योगदान गर्ने पहिलो व्यक्तिहरुलाई सम्मान गर्ने, दोश्रो दिन फागुन ८ गते बेबी फैन्सी ड्रेस प्रतियोगिता गर्ने जसमा कक्षा १ देखी ५ कक्षामा पढ्ने बालबालिकाहरु बीचमा प्रतिस्प्रधान गर्ने कार्यक्रम रहेको छ । सोही दिन साहित्य सम्मेलन ( कविता वाचन), जातिय पोशाक प्रदर्शन तथा सांस्कृतिक कार्यक्रम रहेको छ । तेस्रो दिन फागुन ९ गते उत्कृष्ट तरकारी उत्पादन प्रतियोगिता, नृत्य प्रतियोगिता, चौथो दिन फागुन १० गते चलचित्र सम्बन्धी अन्तर्कृया, प्रदेश १ का चलचित्र क्षेत्रका विविध विषयमा अन्तर्कृया गरिने छ । नेता भर्सेज अभिनेता फुटबल बीच मैत्रिपूर्ण फुटबल खेल, बेहुली सुन्दरी प्रतियोगिता, पाचौ दिन फागुन ११ गते प्रदेश १ को तारा सम्मान कार्यक्रम चलचित्र क्षेत्रमा निरन्तर योगदान पुयाउनु भएर प्रदेश १ को नाम उच्च राख्न योगदान पुयाउनु भएका चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ का तारा भनेर सम्मान गरिने जनाएको छ । छैठौ दिन फागुन १२ गते फिल्मसिटी अवलोकन भ्रमण प्रस्तावित प्रदेश १ को बराहक्षेत्र नगरपालिकामा रहेको प्रस्तावित फिल्मिसिटी भ्रमण गराईने कार्यक्रम रहेको छ ।
प्रदेश १ कै मौलिक भाषिक, जातिय, सांस्कृतिक, साहित्यिक, विद्यालय स्तरिय तथा व्यपारिक गतिविधिलाई चलायमान गराउन तथा प्रदेशको १ पहिचानको लागि इनरुवा उत्सव एकदमै महत्व रहेको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो । महोत्सवमा सहभागी चलचित्र सि. वि. सिनेमा तथा कमल टाकिज ईनरुवाको हलमा प्रदर्शन गरिने जनाएको छ ।
Discussion about this post