शुभ नारायण यादव /सप्तरी।
नेकपा एकीकृत ( समाजवादी ) पार्टी सप्तरी जिल्ला कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेला एक कार्यक्रम विच यहाँ शनिवार सम्पन्न भएको छ । सो भेलालाई पुर्व प्रधानमन्त्री तथा अध्यक्ष माधवकुमार नेपालले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस र माओवादीले गठबन्धनमा धोखा दिएको कारण राष्ट्रिय पार्टी बन्न नसकेको आरोप लगाउनु भयो ।
विद्रोह गरेको बनेको पार्टी भए पनि गठबन्धनमा १९ सिटमा उममेदवारी दिएर १० सिटमा मात्र विजय भएको बताउनु भयो । गठबन्धनको कारण धेरै ठाउँमा उम्मेदवारी नदिको बताउदै सानो पार्टी ठानेर काङ्ग्रेस र माओवादी ठगेको भन्नु भयो । उहाँले समानुपातिक मत नआएको कारण राष्ट्रिय पार्टी बन्न नसकको ,अहिलेको सरकार खिचडी जस्तो छ । निति सिधान्त एकतिर र राजनीति अर्कोतिर भएको छ । सरकारको गुण र दोषको आधारमा हामी समर्थन र विरोध गर्ने बताउनु भयो । उहाँले यो सरकार कति टिक्छ कतिबेला टुट्छ थाहा छैन । उहाँले संघीयता , गणतन्त्रलाई सस्था गर्ने जिममेवारी बोधका साथ काम गर्नु पर्ने जिम्मेबारी प्रचण्ड सरकारको रहेको बताउनु भउो । हामी विसर्जनवाद चाहँदैनौ, राजनीतिमा सानोठूलो हुँदैन सिद्धान्त राम्रो हुनु पर्नेमा जोड दिनु भयो ।
भेलामा केन्द्रिय सदस्य एवम् सप्तरी इन्चार्ज तथा मधेश प्रदेश संसदीय दलको नेता गोविन्द न्यौपाने ,समाजवादी अनेमसंकी केन्द्रिय उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य , उषा पोखरेल,राजेन्द्र प्रसाद साह, लगायत आ आफनो विचार ब्यक्त गरेका थिए । भेलाको अध्यक्षता जिल्ला कमिटी का अध्यक्ष प्रताप नारायण चौधरीले गरेका थिए ।
Discussion about this post