मान बहादुर ठकुल्ला
टीकापुर / कैलालीको टीकापुरमा नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे एक कार्यक्रमका बिच समापन भएकाे छ । टीकापुर नगरपालिका शिक्षा शाखाकाे सहयाेगमा राष्ट्रिय माध्यमिक बिद्यालय बेलुवाकाे आयाेजनामा प्रतियोगिता शुरु भएकाे हाे । राष्ट्रिय माबि बेलुवाका अध्यक्ष दान बहादुर मगरकाे सभापतित्वमा भएको समापन कार्यक्रममा टीकापुर नगरपालिका का नगर उपप्रमुख खड्क बहादुर शाह प्रमुख अतिथि रहेका थिए भने टीकापुर नगरपालिका वडा न ६ का वडा अध्यक्ष तथा प्रवक्ता बलिराम चाैधरी र शिक्षा शाखा प्रमुख नरेश अवस्थी बिशिष्ठ अतिथि रहेका थिए । नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता टीकापुर नगरपालिका वडा न १ देखि ३ सम्मका सरकारि र संस्थागत बिद्यालयकाे सहभागिता राष्ट्रिय माबि घियापुछ्रीमा भएकाे थियाे भने वडा न ४ देखि वडा न ९ सम्मका सरकारि र संस्थागत बिद्यालय राष्ट्रिय माबि बेलुवाकाे खेल मैदानमा खेलकुद संचालन भएकाे राष्ट्रिय माबि बेलुवाका प्राधानाध्यापक बिक्रम धामीले जानकारी दिए ।माघ १६ गते देखि २० गतेसम्म दुई स्थानमा संचालन छनाैट गरि २० गते देखि २३ गते सम्म फाईनल खेलहरु भएका थिए । दुबै स्थानबाट प्रथम द्वतिय तृतीय स्थान भएकाे खेलाडीलाई फाईनल खेल राष्ट्रिय माबि बेलुवाकाे खेल मैदानमा भएकाे थियाे । नगर स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगितामा प्राबि तहमा प्रथम स्थान जेसिज पब्लिक स्कुल सत्ती भएकाे छ भने निमाबि तह तर्फ खडक स्मृति माबि टिकापुर भएकाे छ र माबि तह मा खड्ग मेमोरियल माबि टीकापुर भएकाे छ । समग्रमा प्रथम खड्ग मेमोरियल ईङ्गलिस स्कुल टीकापुर , द्वितिय स्थान त्रिभुवन माबि बटनपुर र तृतिय स्थान कर्णाली माबि सत्तीले लिन सफल भएकाे छ । प्रथम दितिय र तृतिय हुने बिद्यालयलाई शिल्ड प्रमाणपत्र सहित प्रदान गरिएकाे छ ।भने विभिन्न खेलमा प्रथम,दितिय र तृतीय हुने छात्र छात्रालाई प्रमाणपत्र मेडल सहितले सम्मान गरिएको छ ।
कर्णाली माबि सत्तीका शिक्षक भिम बहादुर महरकाे स्वागत मनतव्य संगै शुरु भएकाे कार्यक्रममा त्रिभुवन माबि बटनपुरका प्र अ रबिन्द्र कठायत ,जनता राष्ट्रिय माबि सुनाहाफाँटाका अध्यक्ष गाेबिन्द काेईराला, कालिका बाेर्डिङ्ग स्कुल नारायणपुरका अध्यक्ष नृप कडायत , टीकापुर नगरपालिका शिक्षा शाखाका प्रमुख नरेश अवस्थी शिक्षक संघ कैलाली जिल्ला अध्यक्ष गणेश अाेझा लगायतले मनतब्य राखेका थिए । टीकापुर नगरपालिका भित्रका ३७ वटा सामुदायिक र ४६ वटा संस्थागत गरि ८३ बिद्यालयकाे सहभागिता रहेकाे थियाे । नगर स्तरिय अन्तर बिद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा छात्र छात्राकाे सहभागिता हुने गरि भलिबल, ज्याबिङ्ग थ्राे, हाईजम्प, लमजङ्ग, दाैड, रिले दाैड लगायतका खेलहरु संचालन गरिएको आयाेजक बिद्यालय ले जनाएकाे छ ।
Discussion about this post