इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तरगत बैदेशिक रोजगारका कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्यूनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित आप्रवासन कार्यक्रम अन्तरगत सरोकारबालाहरुको उपस्थितीमा कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्यूनिकरण सम्बन्धी अभिमुखिकरण गर्दै मर्यादित, व्यवस्थित र प्रभावकारी सम्बन्धका लागि एकअर्काले योगदान गर्नुपर्नेमा जोड दिएको छ । कार्यक्रममा वैदेशिक रोजगारीले पारेका राम्रा र नराम्रा प्रभावहरुको बारेमा छलफल गरिएको जनाएको छ । कार्यक्रममा सामीका जिल्ला संयोजक धिरज भट्टराईले सुरक्षित आप्रवासन कार्यक्रम नेपाल सरकार र स्वीस सरकार विचको द्धिपक्षीय कार्यक्रम भएको र यसले खेलेको भुमिका तथा प्रभाव र असरका बारेमा जानकारी दिनुभयो । यो कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारकोे रुपमा भोक्राहा नरसिंह गाउँपालिकाको सहयोगमा सञ्चालित सुरक्षित आप्रवासन सामी अन्र्तगतको अभिमुखिकरण गरिएको बताउनुभयो ।
वैदेशिक रोजगारीलाई व्यवस्थित तथा मर्यादित एवम् शोषणरहित बनाउदै वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको सही सदुपयोग गरि देशभित्रै रोजगारीको अवसरहरु सिर्जना गर्ने तथा आयआर्जनमा वृद्धि गरि भविष्यमा सहज जिविकोपार्जन गर्ने गराउने र सामाजिक रुपमा सम्मानित पूर्व बाच्ने आधार तयार पार्ने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको प्रशिक्षक भट्टराईले बताउनुभयो । कार्यक्रममा नेपाली काग्रेंसको भोक्राहा नरसिंह गाउँपालिका सभापती युवराज दाहालले बैदेशिक रोजगार रहर नभई बाध्यता भएकाले उनीहरुलाई सुरक्षित र व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।
नेकपा एमालेका रामकुमार मेहता र हेमनारायण मण्डलले सामाजिक रुपमा लगाईने लालछनालाई न्यूनिकरण गर्ने कार्य यसप्रकारका अभिमुखिकरण गर्ने बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका रोजगार शाखा प्रमुख शोभा मेहताले जिल्ला प्रशासन कार्यालयसंगै रहेको आप्रबासी सुचना तथा स्रोत केन्द्रबाट बैदेशिक रोजगारी सम्बन्धी परामर्श, बैदेशिक रोजगारीको शिलशिलामा ठगिएकाहरुलाई निशुल्क कानुनी सेवाको लागि सहजीकरण, बैदेशिक रोजगारीमा रहँदा अंगभंग भएका, मृत्यु भएकाहरुलाई क्षतिपुर्तिको लागि पहल गरिदिने, शव नेपाल ल्याउन सहजीकरण गर्ने बिप्रेषणलाई आयमुलक क्षेत्रमा खर्च गर्न बित्तिय साक्षरता तथा मनोसमाजिक परामर्श कक्षा सञ्चालन गर्नेलगायतको काम भइरहेको जानकारी दिनुभयो । त्यस्तैगरी बैदेशिक रोजगारीकै कारण सिर्जित मनोसामाजिक समस्या भएकाहरुलाई परामर्श सेवा पनि दिइरहेको मेहताले जानाकारी दिनुभयो । मेहताले गाउँपालिकामा सबै बैधानिक तरिकाबाट गएकाहरुको पक्षमा छिटोछरितो र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । उहाँले बैदेशिक रोजगारका क्रममा घाईते, अंगभंग र मृत्यु भएकाहरुको हकमा समेत गाउँपालिकाले गरेको काम तथा गाउँपालिकाको भुमिकाका बारेमा माईकिंग गर्ने काम समेत थालेको बताउनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमुलक एवं शोषणरहित बनाउने उदेश्यले कार्यक्रम सञ्चालन भएको बताउनुभयो । उहाँले यस कार्यक्रमका बारेमा सबैको घरघर र व्यक्तिव्यक्तिमा पुर्याएर सचेतनामुलक सन्देश प्रभाव गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, वडाअध्यक्षहरु, प्रधानाध्यापकहरु समेतको उपस्थिती रहेको थियो ।
Discussion about this post