दिपेन्द्र यादव/इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनेको छ । नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिकाकाे केही वडाका गाउँबस्तीमा प्रभावकारी बनेको हो । स्वास्थ्य बीमा कार्यक्रम नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम भाेक्राहा नरसिंह गाउँपालिकाकाे केही वडाका गाउँबस्तीमा प्रभावकारी बनेका छन् ।
गाउँपालिकाले पहिलोपटक स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत वडा नम्बर १,२,३ र ४ का एकल महिला, दलित तथा विपन्न परिवार र अपाङ्गता भएका व्यक्ति गरि जम्मा २ सय जनाकाे निः स्वास्थ्य बीमा गाउँपालिकाले गरेपछि विगतमा जस्तो सामान्य स्वास्थ्य उपचार गराउँदा पनि मोटो रकम तिर्नुपर्ने बाध्यता टरेको स्थानीय सेवाग्राहीहरूले प्रदेश प्वाइन्ट डट कम लाई बताए ।आज प्रजातन्त्र दिवसको अवसरमा भाेक्राहा नरसिंह गाउँपालिकाकाे स्वास्थ्य शाखा मार्फत गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले वडा नम्बर ४ काे वडा कार्यालयमा दुई सय जना जेष्ठ नागरिक, दलित, विपन्न परिवार र अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेकाे स्वास्थ्य शाखा प्रमुख हिरा साहले बताएका छन् ।
यसरी गाउँपालिकाकाे गरिव र निमुखा जनताहरूलाई स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गरेका व्यक्तिहरूलाई स्वास्थ्य बीमाले गर्दा आपतकालीन अवस्थामा झन बढी सहयोग मिलेको गाउँपालिका अध्यक्ष आजादकाे भनाइ छ ।
उता निःशुल्क स्वास्थ्य बीमा कार्ड लिन आएकी भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ कि एक स्थानीय साेमिना खातुनले भने ‘पहिलापहिला गोजीभरि पैसा बोकेर मात्रै अस्पताल जानुपर्ने अवस्था थियो । आफूसँग भएको पैसाले नपुग्ला कि भन्ने पिर हुन्थ्यो । अहिले बीमा कार्ड पाएपछि ढुक्कले उपचार गर्न सहयोग पुग्ने उनलेे बताइन् ।
उनले भनिन् केहीदिन अघि म उपचार गराउन अस्पतालमा गएको थिए तर मेरो घरमा पैसा अभाव र स्वास्थ्य बीमा कार्ड नभएपछि उपचार नगराई घरमा बस्न बाध्य थिए । तर अब गाउँपालिका अध्यक्ष अजमल आजादले निःशुल्क बीमा गरदिएपछि अब स्वास्थ्य बीमा कार्ड लागू भएको अस्पतालमा उपचार गराउन एकदमै सजिलो र स्थानीय सरकारको ठूलो सहयोग पाएको महसुस भएको बताइन् ।त्यस्तै, गाउँपालिकाले पहिलो लट मा केही व्यक्तिहरूकाे समेत निःशुल्क स्वास्थ्य बीमा गरिएको थियोे ।
उनी मध्ये केही व्यक्तिले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् । “सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होला जस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम”, भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ४ का भिखनी देवीले भने, “जम्मा तीन हजार ५०० तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै पो सहयोग हुँदो रहेछ ।” उपचार सेवामा छुट पाएपछि पहिलोपटक हामी जस्तो गरिब जनतालाई स्थानीय सरकारको साथ मिलेको अनुभूति भएको उनको भनाइ छ ।
उता बीमाका लागि सामान्यतः एक आर्थिक वर्षमा रु तीन हजार ५०० तिर्नुपर्छ । यो रकमले पाँच जना परिवारसम्मको बीमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क लाग्छ । स्वास्थ्य बीमा बोर्डको प्रावधानअनुसार निश्चित समूहका व्यक्ति तथा परिवारको पूर्ण निःशुल्क र आधा शुल्कमा पनि बीमा हुने गरेको छ । सत्तरी वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भई सो सेवा पाएका व्यक्ति, एड्स र क्षयरोगका बिरामीको भने बीमा निःशुल्क हुने व्यवस्था छ ।
त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविका र निजका परिवारलाई बीमा शुल्कको आधा छुटको व्यवस्था छ । बीमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति रु एक लाखसम्मको उपचार निःशुल्क हुन्छ ।
बीमा गरेपछि टिकटको समेत पैसा तिर्नु नपर्ने भएपछि सुनसरी सदरमुकाममा रहेको जिल्ला अस्पताल इनरूवामा यसका लाभग्राहीलाई थप सहज भएको छ । स्वास्थ्य बीमा कार्यक्रममा स्थानीयवासीको आकर्षण बढाउन जनप्रतिनिधिहरुले भूमिका खेलिरेकाे स्थानीयवासीहरू बताउछन् । नागरिकको स्वास्थ्य उपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएकामा बीमा कार्यक्रम लागू भएपछि थप सहज भएको भाेक्राहा नरसिंह गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर –४ का वडाध्यक्ष हारूण अंसारीले बताए । उनले भने ‘ऋण खोजेर भएपनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरु अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुग्नु भएको छ’’ । अझै कतिले बीमा गर्नु भएको छैन, गरेकाहरुले पनि सेवा लिन सक्नुभएको छैन । यसलाई थप व्यवस्थित बनाउन हामी पनि लागेका छौँ ।’’
भाेक्राहा नरसिंह गाउँपालिकाले स्वास्थ्य बीमाका कार्यक्रमलाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर काम गरिरहेका छन् । बीमा बोर्डका प्रतिनिधिहरु गाउँगाउँमा राखिएको छ । उनीहरुले बीमा गर्ने र लाभग्राहीलाई सेवाका लागि सहजीकरण गर्नेसम्मको काम गरिरहेका छन् ।
उता नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर्न सङ्घीय सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ निर्माण गरे पनि स्थानीय तहमा भने ऐन तथा नियम बन्न नसक्दा नागरिकको स्वास्थ्यको अधिकार सुरक्षित गर्न चुनौती देखिएको सरोकारवालाको भनाइ छ ।
भाेक्राहा नरसिंह गाउँपालिकाका गरिव निमुखा जनताको स्वास्थ्यको सहज पहुँच नहुँदा यहाँका नागरिक विगतमा सामान्य स्वास्थ्य परीक्षण र उपचारका लागि कठिनाइ हुने गरेका थिए ।
साे कार्यक्रममा सुनसरी निर्वाचन क्षेत्र नं. ४ ख का प्रदेश सभा सदस्य हाजी इस्राइल मंसुरी, गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद, उपाध्यक्ष सुनिता उराँव, स्वास्थय शाखाका प्रमुख हिरा लाल साह लगायत गाउँपालिकावासीहरूकाे उपस्थिति रहेको थियो ।
Discussion about this post