बराहक्षेत्र ।मञ्च थियो, सुनसरी स्टार एकेडेमीको १३ औं वार्षिकोत्सव तथा जेष्ठ अभिभावक सम्मान समारोहको । आज (आइतबार) विधालयले बराहक्षेत्र ८ स्थित शुक्रबारेमा रहेको आफ्नै भवनमा गरेको उक्त समारोहमा अन्यभन्दा फरक माहोल देखियो । सामान्यतया विधालयका वार्षिकोत्सबहरुमा केहि थान नृत्य, नाटकसँगै औपचारिक कार्यक्रम गर्दै सिध्याउने चलन छ । यस् विधालयले पनि उस्तै प्रकृतिको कार्यक्रम गरेको छ तर त्यसमा विधालयको समाजबोधसहितको परिपक्वता झल्कियो । कारण हो, कार्यक्रमका नृत्य तथा प्रस्तुतिहरु । नेपाली समाज यसैपनि जातीय तथा धार्मिक-सांस्कृतिक विविधताले भरिपूर्ण छ । त्यसमा पनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्राय आदिवासी-जनजाति, दलित तथा सिमान्तकृत समुदायको बसोबास रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार ३८.५ प्रतिशत तराइ र पहाडी आदिवासी-जनजाति (धरधुरी सर्वेक्षण २०७५) रहेको छ । यसै तथ्यलाई आत्मसात गर्दै सुनसरी स्टार एकेडेमीले आफ्नो १३ औं वार्षिकोत्सब समारोहमा सांस्कृतिक विविधता प्रदर्शन गर्यो । मञ्चमा थारु समुदायको नृत्य मात्र देखाइएन्, किरात समुदायको साकेला मात्र देखाइएन्, नेपाली मौलिक लोकगीतको नृत्य समेत देखाइयो । आधुनिक गीत र टिकटकका गीतको समेत नृत्य प्रदर्शन गरेको हुँदा यस् कार्यले धेरैले प्रशंसा गरेका छन् । त्यति मात्र होइन् बल्की नृत्य कलाकार विधार्थी पनि सम्पूर्ण समुदायलाई समेटेको छ । थारु गीतमा खस-आर्य समुदायका विधार्थी र साकेला नृत्यमा दलित समुदायका विधार्थीले नृत्य प्रस्तुत गर्दा समाजमा सकारात्मक सन्देश गएको कार्यक्रमका विशिष्ट अतिथी रत्न बहादुर रम्तेल बताउँछन् । यसबाट खस-आर्य समुदायको विधार्थीले साकेला बुझ्ने मौका पाएको छ भने दलित समुदायको विधार्थीले थारु संस्कृतिको महत्त्व बुझ्ने मौका पाएको छ, यसले गर्दा त्यो विधार्थीको मानसिकता समानभावबाट हुर्किदै जान्छ, उनले भनें ।
कार्यक्रमका सभादक्ष्य एबम् विधालयका प्रिन्सिपल अबियोग राईले आफ्नो विधालयमा सबैखाले विधार्थीहरुको पठनपाठन रहेकोले विधार्थीको सहजताका लागि भएपनि सबैखाले शिक्षकको व्यवस्था गरेको र त्यसैको फलस्वरूप आजको कार्यक्रममा विविधता झल्केको बताए । प्रिन्सिपल राई आफैमा समाजबोध भएका अभियन्ता समेत हुन् । आगामी दिनहरुमा अझ थप विविध संस्कृतिलाई समेटेर कार्यक्रम गर्दै जाने उनको योजना छ । अनेकतामा एकता प्रदर्शन गर्न पनि सबैखाले समुदाय तथा संस्कृतिलाई हामीले विधालयका कार्यक्रमदेखि अन्य ‘फङ्सन’हरुमा समेत स्थान दिइँदै आएका छौ, उनले भनें ।
उपस्थित अभिभावकहरुका अनुसार यस् विधालयले धार्मिक तथा साम्प्रदायिक समानतालाई समेत विगतदेखी सनेट्दै आइरहेको छ । झट्ट हेर्दा सामान्य कुरा देखिएपनि विधालयको यस् कदमले गहिरो अर्थ राख्छ । सबै समुदाय र संस्कृतिलाई समान स्थान दिइँदा सबैले अपन्तवको आभाष गर्दछन् । अनेक खाले विभेदले सिकार बनेको समाजमा यस्ता कार्यक्रमहरुले समानतको बिगुल फुक्ने अभियानमा इटा थप्नसक्छ । यस सकारात्मक कदमबाट बराहक्षेत्रका अन्य विधालयले पनि सिक्नुपर्दछ ।
कार्यक्रममा विधालयको शैक्षिक स्तरलाई विश्वास गर्दै आफ्ना सन्तानलाई त्यस् विधालय पढाउन पठाएको भन्दै १३ जना जेष्ठ अभिभावकलाई सम्मान समेत गरिएको थियो । सोही अबसरमा कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरका प्रमुख रमेश कार्कीले सुनसरी स्टार एकेडेमीले शैक्षिक गुणस्तरमा सम्झौता नगरेको बताए । उनले त्यस विधालयले विगतका दिनदेखि आजसम्म पढाइको गुणस्तर देखि अतिरिक्त क्रियाकलापमा समेत विधार्थीहरुलाई अब्बल बनाउँदै लगेको तारिफ गरेका छन् । त्यस्तै, विशिष्ट अतिथिद्वय प्याब्सन सुनसरीका उपाध्यक्ष बिजयकुमार राई र राजाबास बोर्डिङ स्कुलका प्रिन्सिपल खेमराज राईले सुनसरी स्टार एकेडेमीप्रति अभिभावकको विश्वास बढ्दै गएको भन्दै विधालयले हिजोभन्दा आज प्रगति गरेको र आजभन्दा भोलि अझ प्रगति गर्दै जानुपर्ने शुभकामना व्यक्त गरे । विगत १३ वर्षदेखि सञ्चालित यस् निजि विधालयमा नर्सरीदेखी कक्षा ८ सम्म पठनपाठन हुँदै आइरहेको छ । स्थापनाकालदेखि नै यस् विधालयलाई विश्वास गर्दै आएका अभिभावकहरु त्यहाँको शैक्षिक गुणस्तरदेखि सन्तुष्ट देखिन्छन् । कार्यक्रममा उपस्थित अभिभावक इस्लाम मिया भन्छन्, हामीले पहिलादेखी नै यसै बोर्डिङमा नानिहरु पढाएका छौ, आजसम्म उनीहरूको पढाइ राम्रै छ, त्यसैले हामीलाई यो बोर्डिङसँग विश्वास छ ।
Discussion about this post