• pradeshpoint
  • Pradeshpoint
Thursday, April 16, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

सुनसरी स्टार एकेडेमीबाट बराहक्षेत्र नगरका अरु विधालयले केहि सिक्ने कि ?

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७९ फाल्गुन ८ गते, १४:४२ बजे प्रकाशित
in FEATURE, कला, कला पाना, मुख्य पाना, शिक्षा समाचार, स्थानीय खबर
सुनसरी स्टार एकेडेमीबाट बराहक्षेत्र नगरका अरु विधालयले केहि सिक्ने कि ?
109
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र ।मञ्च थियो, सुनसरी स्टार एकेडेमीको १३ औं वार्षिकोत्सव तथा जेष्ठ अभिभावक सम्मान समारोहको । आज (आइतबार) विधालयले बराहक्षेत्र ८ स्थित शुक्रबारेमा रहेको आफ्नै भवनमा गरेको उक्त समारोहमा अन्यभन्दा फरक माहोल देखियो । सामान्यतया विधालयका वार्षिकोत्सबहरुमा केहि थान नृत्य, नाटकसँगै औपचारिक कार्यक्रम गर्दै सिध्याउने चलन छ । यस् विधालयले पनि उस्तै प्रकृतिको कार्यक्रम गरेको छ तर त्यसमा विधालयको समाजबोधसहितको परिपक्वता झल्कियो । कारण हो, कार्यक्रमका नृत्य तथा प्रस्तुतिहरु । नेपाली समाज यसैपनि जातीय तथा धार्मिक-सांस्कृतिक विविधताले भरिपूर्ण छ । त्यसमा पनि सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्राय आदिवासी-जनजाति, दलित तथा सिमान्तकृत समुदायको बसोबास रहेको छ । नगरपालिकाको तथ्यांकअनुसार ३८.५ प्रतिशत तराइ र पहाडी आदिवासी-जनजाति (धरधुरी सर्वेक्षण २०७५) रहेको छ । यसै तथ्यलाई आत्मसात गर्दै सुनसरी स्टार एकेडेमीले आफ्नो १३ औं वार्षिकोत्सब समारोहमा सांस्कृतिक विविधता प्रदर्शन गर्यो । मञ्चमा थारु समुदायको नृत्य मात्र देखाइएन्, किरात समुदायको साकेला मात्र देखाइएन्, नेपाली मौलिक लोकगीतको नृत्य समेत देखाइयो । आधुनिक गीत र टिकटकका गीतको समेत नृत्य प्रदर्शन गरेको हुँदा यस् कार्यले धेरैले प्रशंसा गरेका छन् । त्यति मात्र होइन् बल्की नृत्य कलाकार विधार्थी पनि सम्पूर्ण समुदायलाई समेटेको छ । थारु गीतमा खस-आर्य समुदायका विधार्थी र साकेला नृत्यमा दलित समुदायका विधार्थीले नृत्य प्रस्तुत गर्दा समाजमा सकारात्मक सन्देश गएको कार्यक्रमका विशिष्ट अतिथी रत्न बहादुर रम्तेल बताउँछन् । यसबाट खस-आर्य समुदायको विधार्थीले साकेला बुझ्ने मौका पाएको छ भने दलित समुदायको विधार्थीले थारु संस्कृतिको महत्त्व बुझ्ने मौका पाएको छ, यसले गर्दा त्यो विधार्थीको मानसिकता समानभावबाट हुर्किदै जान्छ, उनले भनें ।
कार्यक्रमका सभादक्ष्य एबम् विधालयका प्रिन्सिपल अबियोग राईले आफ्नो विधालयमा सबैखाले विधार्थीहरुको पठनपाठन रहेकोले विधार्थीको सहजताका लागि भएपनि सबैखाले शिक्षकको व्यवस्था गरेको र त्यसैको फलस्वरूप आजको कार्यक्रममा विविधता झल्केको बताए । प्रिन्सिपल राई आफैमा समाजबोध भएका अभियन्ता समेत हुन् । आगामी दिनहरुमा अझ थप विविध संस्कृतिलाई समेटेर कार्यक्रम गर्दै जाने उनको योजना छ । अनेकतामा एकता प्रदर्शन गर्न पनि सबैखाले समुदाय तथा संस्कृतिलाई हामीले विधालयका कार्यक्रमदेखि अन्य ‘फङ्सन’हरुमा समेत स्थान दिइँदै आएका छौ, उनले भनें ।
उपस्थित अभिभावकहरुका अनुसार यस् विधालयले धार्मिक तथा साम्प्रदायिक समानतालाई समेत विगतदेखी सनेट्दै आइरहेको छ । झट्ट हेर्दा सामान्य कुरा देखिएपनि विधालयको यस् कदमले गहिरो अर्थ राख्छ । सबै समुदाय र संस्कृतिलाई समान स्थान दिइँदा सबैले अपन्तवको आभाष गर्दछन् । अनेक खाले विभेदले सिकार बनेको समाजमा यस्ता कार्यक्रमहरुले समानतको बिगुल फुक्ने अभियानमा इटा थप्नसक्छ । यस सकारात्मक कदमबाट बराहक्षेत्रका अन्य विधालयले पनि सिक्नुपर्दछ ।
कार्यक्रममा विधालयको शैक्षिक स्तरलाई विश्वास गर्दै आफ्ना सन्तानलाई त्यस् विधालय पढाउन पठाएको भन्दै १३ जना जेष्ठ अभिभावकलाई सम्मान समेत गरिएको थियो । सोही अबसरमा कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरका प्रमुख रमेश कार्कीले सुनसरी स्टार एकेडेमीले शैक्षिक गुणस्तरमा सम्झौता नगरेको बताए । उनले त्यस विधालयले विगतका दिनदेखि आजसम्म पढाइको गुणस्तर देखि अतिरिक्त क्रियाकलापमा समेत विधार्थीहरुलाई अब्बल बनाउँदै लगेको तारिफ गरेका छन् । त्यस्तै, विशिष्ट अतिथिद्वय प्याब्सन सुनसरीका उपाध्यक्ष बिजयकुमार राई र राजाबास बोर्डिङ स्कुलका प्रिन्सिपल खेमराज राईले सुनसरी स्टार एकेडेमीप्रति अभिभावकको विश्वास बढ्दै गएको भन्दै विधालयले हिजोभन्दा आज प्रगति गरेको र आजभन्दा भोलि अझ प्रगति गर्दै जानुपर्ने शुभकामना व्यक्त गरे । विगत १३ वर्षदेखि सञ्चालित यस् निजि विधालयमा नर्सरीदेखी कक्षा ८ सम्म पठनपाठन हुँदै आइरहेको छ । स्थापनाकालदेखि नै यस् विधालयलाई विश्वास गर्दै आएका अभिभावकहरु त्यहाँको शैक्षिक गुणस्तरदेखि सन्तुष्ट देखिन्छन् । कार्यक्रममा उपस्थित अभिभावक इस्लाम मिया भन्छन्, हामीले पहिलादेखी नै यसै बोर्डिङमा नानिहरु पढाएका छौ, आजसम्म उनीहरूको पढाइ राम्रै छ, त्यसैले हामीलाई यो बोर्डिङसँग विश्वास छ ।

Tags: अरु विधालयलेकेहि सिक्ने कि ?बराहक्षेत्र नगरकासुनसरीस्टार एकेडेमीबाट

Related Posts

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
FEATURE

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
0

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो
FEATURE

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
0

पवन रौनियार/इनरुवा । सुनसरी जिल्लाको कोशी गाउँपालिका–हरिपुरस्थित कोशी ब्यारेज क्षेत्रमा मुख्य भन्सार कार्यालय सञ्चालनमा रहे पनि जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रका...

तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध

२०८३ बैशाख २ गते, १२:१९ बजे प्रकाशित
कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

कोशी ब्यारेजसम्म पुग्नुपर्ने बाध्यता: सीमावर्ती व्यापारीको गुनासो

२०८३ बैशाख १ गते, ७:०९ बजे प्रकाशित
तीज र चौठचन्द पर्वको अवसरमा भोक्राहा नरसिंहमा बिदा

समृद्ध नेपाल निर्माणका लागि एकताबद्ध हुन अध्यक्ष आजादको आग्रह

२०८३ बैशाख १ गते, ६:५५ बजे प्रकाशित
कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

कोशीका विभिन्न स्थानबाट नक्कली नम्बर प्लेट प्रयोग गर्ने चार सवारी पक्राउ

२०८२ चैत्र २९ गते, १५:३२ बजे प्रकाशित
सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

सुनसरीमा अर्गानिक खेती प्रवर्द्धनका लागि ४ दिने तालिम सञ्चालन

२०८२ चैत्र २९ गते, ७:४६ बजे प्रकाशित
भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

भोक्राहा नरसिंहमा किसान सूचीकरण सम्बन्धी सहजकर्ता तालिम सम्पन्न

२०८२ चैत्र २६ गते, २१:२६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1397 shares
    Share 559 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    820 shares
    Share 328 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    791 shares
    Share 316 Tweet 198
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    767 shares
    Share 307 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    725 shares
    Share 290 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist