इनरुवा । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहतामाथि हातपात भएको छ । बर्जु गाउँपालिका–३ का पूर्व अध्यक्ष प्रदिप चौधरीसँग योजनाको विषयमा छलफल हुँदा प्रशासकिय अधिकृतसँग धकेलाधकेल भएको हो ।
गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायले हात हालाहाल नभएर भनाभन भएकोले छलफल राखिएको बताए । उनले भित्री कुरा आफूलाई थाहा नभएपनि समस्या आएपछि छलफलबाट समाधान खोज्ने प्रयास भईरहेको जानकारी दिए । विद्यालयको एउटा कार्यक्रममा गएको थिएँ, त्यसबेला भनाभन भयो भन्ने सुनेको हुँ, अध्यक्ष रायले भने–योजनासँग सम्बन्धित भएर भनाभन भएको कुरा आएको छ । उता मेहतामाथी एक महिनाअघि पनि यस्तै प्रकृतिको घटना भएको थियोे ।
Discussion about this post