इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाको शिक्षा समितिले तीन विद्यालयमा विधार्थी संख्या न्युन रहेको भन्दै घटुवा गरेको छ । हरिनगर गाउँपालिकाको शिक्षा समितिले शिशु कक्षा ५ संचालन हुदै आएको आर्य आधारभुत विद्यालय र सीताराम आधारभुत विद्यालयलाई कक्षा ३ सम्ममा सिमित गर्ने गरि घटुवा गरेको भने कक्षा शिशु देखी कक्षा ८ संचालन हुदै आएको चपडाही आधारभुत विद्यालयमा नियमित विधार्थी आउने संख्या न्युन रहेको भन्दै कक्षा ५ सम्ममा सिमित रहने गरि घटुवा गरेको हो ।
नयाँ शैक्षिक सत्रको सुरुमै गरिएको अनुगमनका आधारमा शिशुदेखी कक्षा ५ संचालन हुदै आएको विद्यालयमा ५० जना पनि विधार्थी नभएको र कक्षा ८ संचालन भएको विद्यालयमा १०० बढी विधार्थी नभएको दावी गर्दै शिक्षा समितिले कक्षा घटुवा गरेको समितिका सदस्य नमामुदिन अंसारीले जानकारी दिनुभयो ।
उता शिशुदेखी कक्षा ८ संचालन हुदै आएको चपडाही आधारभुत विद्यालयमा नियमित विधार्थी आउने संख्या १५० रहेको र कक्षा ६ मा २० जना, कक्षा ८ मा ३० जना विधार्थी रहेको, गरिब बिपन्नको विधार्थी नजिकैमा पढ्न पाएको र खाजा समेत सबै विधार्थीहरुलाई खुवाउदै आएकोमा बिनाआधार र पूर्वाग्राही तरिकाले विधार्थी न्युन रहेको बाहाना देखाई घटुवा गरेकोमा स्थानीयहरु आक्रोषित हुदै आन्दोलित बनेका छन् ।
विधार्थीका अभिभावकहरु मंगलबार मात्रै विद्यालयमा भेला बैठक गरि चपडाही आधारभुत विद्यालयलाई कक्षा ८ सम्मको पढाई नियमित हुने वतावरण निर्माण गर्नुपर्ने, थप कक्षामा स्तोरोन्तीका लागि सहयोग गर्नुपर्ने, कक्षा ५ सम्ममा सिमित रहने गरि घटुवा गरेको निर्णय तत्काल फिर्ता लिनुपर्ने, विद्यालयलाई नियमित गर्नुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
अभिभावकहरुको भेला बैठकले तत्काल कक्षा ८ सम्मको पढाई नियमित हुने वतावरण निर्माण गर्नुपर्ने, बरु थप कक्षामा स्तोरोन्तीका लागि सहयोग गर्नुपर्ने, कक्षा ५ सम्ममा सिमित रहने गरि घटुवा गरेको निर्णय सात दिनभित्र फिर्ता लिनुपर्ने, विद्यालयमा रहेका शिक्षकलाई तत्काल रावाना नदिने र सरुवाभई आउनेलाई हाजिरि गर्न नदिने सहमति सहित अभिभावकले निणर्य गरेका छन् ।
विद्यालयका प्राधानाध्यापक सहितको उपस्थितीमा भएको अभिभावकहरुको भेला बैठकले विद्यालयलाई शिशु कक्षा ८ सम्मको पढाई नियमित गर्ने गरि काम गर्ने वडा अध्यक्ष प्रविण प्रसाद गुप्ताको नेतृत्वमा ७ सदस्य कार्यदल समिति बनाएको छ ।
विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन नभएकाले जेठ १० गतेसम्ममा अभिभावक भेला गरि गठन गर्ने, विद्यालयको जग्गा ठेक्का उधारो नभई बैंकमा नगद जम्मा गर्नेहरुलाई डाक बढाबढको अधारमा दिने, विद्यालयका शिक्षकलाई रावाना नदिने र नयाँ वा सरुवा भई आउनेलाई हाजिरि नगराउने निणर्य गरेको विद्यालयले जनाएको छ ।
स्थानीय समाजसेवी युवक मुखियाले शैक्षिक गुणस्तरका अनुगमन गर्नुपर्ने, गाउँको विद्यालयलाई कक्षा ८ सम्मको पढाई नियमित गर्दै कक्षा ९ र १० को पढाई हुने वतावरण निर्माण गर्नुपर्नेमा उल्टै घटुवा गरेर अभिभावमा अन्याय र विधार्थीमाथि खेलबाड गरेको गुनासो गर्नुभयो ।
वडा अध्यक्ष प्रविण गुप्ताले कक्षा ८ सम्म पढाई हुने गरि घटुवा गरेको निर्णय फिर्ता नलिए थप सर्घष गर्ने चेतावनी दिनुभएको छ । शिक्षा शाखाका कर्मचारीदेखी शिक्षा समितिका सदस्यहरुलाई छानविनको दायरामा ल्याउनुपर्ने आवश्यक रहेको गुप्ताले बताउनुभयो । उता तीन वडा विद्यालयमा विधार्थी संख्या न्युन रहेको भन्दै घटुवा गरेको विषयमा स्थानीयहरुको मिश्रित प्रकृया रहेको छ । हरिनगर गाउँपालिकाको शिक्षा शाखाका अजित कुमार मल्लिकले यस विषयमा केही बोल्नुभएको छैन् ।
Discussion about this post