सुनसरी । इनरुवाको विद्यालयमा १७ वर्षपछि अनुगमन जिल्ला सदरमुकामकै विद्यालयमा १७ वर्षसम्म अनुगमन भएन भनेर सुन्दा तपाईलाई आश्चर्य लाग्न सक्छ तर आश्चर्य मान्नपर्दैन किनभने सुनसरी सदरमुकाम इनरुवा नगरपालिका २ को बुढासुब्बा आधारभुत विद्यलायमा १७ वर्षसम्म अनुगमन भएको छ । विद्यालयमा सरकारी तथा गैरसरकारी संस्थाबाट १७ वर्षसम्म अनुगमन भएको र अनुगमन पुस्तिकामा सुझाव प्राप्त भएको विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद भट्टराईले जानकारी दिनुभयो ।प्रअ भट्टराईले आफूले जिल्ला शिक्षा कार्यालय हुदाँ र अहिले परिर्वतित शिक्षा विकास तथा समन्वय ईकाई, इनरुवा नगरपालिका शिक्षा शाखा समेतलाई अनुगमन गर्न र पृष्टपोषण तथा सुझाव दिन आग्रह गरेको भएपनि सुनुवाई नहुदाँको अवस्था आश्चर्य कुरा १७ वर्षपछि विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवा र गैरसरकारी संस्था महासंघ सुनसरीले पहिलो पटक अनुगमन गरेको बताउनुभयो । उहाँका अनुसार सुन्दा आश्चर्य लाग्ने कुरा के हो भने सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा बसैको चासो नै छैन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले पहिलो पटक आफूहरुको विद्यलायको अनुगमन गरि केही सुझाव दिएकोमा त्यसलाई स्विकार गर्दै सुधार गर्ने अवसर मिलेको भट्टराईले बताउनुभयो । प्रअ भट्टराईले विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका अध्यक्ष जयकृष्ण यादव र गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपानेले अनुगमन गरि आग्नतुक पुस्तिकामा १७ वर्षपछि प्रभावकारी कक्षाकोठा र शिक्षकहरुको कक्षा अबलोकन सहित अनुगमन गर्नुभएको र सुझाव समेत दिनुभएको भन्दै आभार प्रकट गर्नुभयो ।
उहाँले विद्यालयमा विधुत सुचारु गरिदिन, शिक्षक धमेन्द्र ठाकुर अनियमित रहेकाले काज सरुवा भई आएको ठाउँमा पठाउन वा नियमित गराउन पहल गरिदिन, शिक्षा शाखा र प्रमुख समेतको अनुगमन नियमित गर्नुपर्ने वतावरण मिलाईदिन महासंघदोय अध्यक्षलाई आग्रह गर्नुभयो ।
विद्यालयमा १७ वर्षसम्म अनुगमन नभएको विषयमा चासोका साथ हेरिएको भन्दै गैसस महासंघका अध्यक्ष मेघराज न्यौपानेले विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका अध्यक्ष र गैरसरकारी संस्था महासंघ सुनसरीको तर्फबाट सात बुदें सुझाव दिएको बताउनुभयो । अध्यक्ष न्यौपानेले एसआईपी अवडेट गर्न, बुक कर्नर प्रभावकारी बनाउन, खाजाको रुपिटंन बनाएर खुवाउन, अतिरिक्त कृयाकलाप गर्न, सिकाई उपलब्धी मूल्यांकन फारम नियमित भर्न, गर्मीमा पंखाको व्यवस्थापन र विधुत जडान गर्न तथा नियमित कक्षा सञ्चालन गर्न सुझाव दिएको बताउनुभयो ।
उता दुवै महासंघको टोलीले मंगलबार इनरुवा ९ को जनकल्याण आधारभुत विद्यालयको पनि अनुगमन गरेको छ । विधार्थीसंग कक्षा कोठामा अनुगमन सहित विधार्थी र शिक्षक तथा प्रधानाध्यापकसंग र समितिका अध्यक्ष रामसुन्दर साहसंग समेत जानकारी दिएको थियो ।यसअघि सोमबार इनरुवा २ को बालमन्दिर मावि, आईतबार इनरुवा ९ को वीपी मेमोरियल आधारभुत विद्यालय र इनरुवा २ को राजाजी माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आधारभुत तहका शिक्षुदेखी कक्षा ५ र ६ सम्मका बालबालिकाहरुको खाजामा सुधार गर्न र गुणस्तरमा ध्यान दिन, शिक्षक र प्रअका बीचमा तथा प्रअ र अध्यक्षको बीचमा रहेको असमझदारीहरुलाई हठाई शैक्षिक गुणस्तर कायम गर्न सुझाव दिएको महासंघले जनाएको छ । कक्षा ६ मुनीका विधार्थीहरुमध्ये ६० प्रतिशतमा अक्षर चिन्ने समस्या रहेको, कक्षाकोठामा शिक्षको कृयाशिलता र जागरुकताको कमी रहेको पाइएको महासंघ उपाध्यक्ष विश्वनाथ ओझाले जानकारी दिनभयो ।
शैक्षिक सत्र सुरु भएको अन्तिम हप्तासम्म सबै विधार्थीले सबै किताव नपाएको अवस्था र कक्षा ५ सम्मका विधार्थीहरु ६० प्रतिसतमा लेख्न र अक्षर चिन्ने वा पढ्ने समस्या रहेको पाइएकाले महासंघले तत्काल कक्षाहरुमा सुधार गर्नका लागि आग्रह गरिएको ओझाले बताउनुभयो ।
नगरक्षेत्रका ३० सामुदायिक विद्यलाय रहेकोमा हालसम्म १८ विद्यालयको अनुगमन गर्दा अधिकाशंमा तल्लो कक्षामा किताव पढ्ने समस्या देखिएकोले सुधारका लागि आग्रह गरिएको वहाँले बताउनुभयो ।
इनरुवा नगरपालिकाको मुटुमा रहेको बालमन्दिर माध्यमिक विद्यालयमा कक्षा ६ देखी १० सम्म विहानीमा अग्रेंजी माध्यम र दिउसो नेपाली माध्यम पढाएकाले व्यपारिकरण जस्तो देखिएको अभिभावकहरुले गुनासो सुनाएका थिए ।
अग्रेजी माध्यमको पठनपाठन गर्नु साकारात्मक पक्ष भएपनि पैसा असुली गर्ने र विहान पनि उही शिक्षकहरुले पढाउने भएकाले दिउसोका कक्षाहरु प्रभावकारी नभएको अभिभावकहरुले अनुगमनकर्तासंग गुनासो सुनाएका थिए । दुई माध्यममा पढाएको भएपनि शिक्षामा हुनेखानेकै बच्चाहरुले अग्रेंजी शिक्षा पाईरहेको र गरिबविपन्नकाले उही नेपाली त्यसमा पनि फितलो पढाई गरिहेका छन् ।
बुक कर्नरका दराजहरु भएपनि किताव नभएको र कक्षा शैक्षिक गुणस्तर निरासाजनक रहेको पाइएको र शिक्षकहरुमा अनुशासनको कमी देखिएको महासंघका सचिव राकेश निरौलाले जानकारी दिनुभयो ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाका इनरुवा अध्यक्ष जयकृष्ण यादव, उपाध्यक्ष विश्वनाथ ओझा र सचिब राकेश निरौला सहितको टोलीले सोमबार गरिएको विद्यालय अनुगमनमा कक्षाकोठामा बसाई व्यवस्थापन, अक्षर चिनाउने प्रयास गर्नुपर्ने, अतिरिक्त कार्यक्रम, खेलकुद, ल्याव र कम्पुटर कक्षा र खाजा समेतमा सुधारको आवश्यकता रहेको पाइएको औल्याएको छ ।
अध्यक्ष यादवले अनुगमनका क्रममा बालमन्दिर माध्यमक विद्यालयका प्रधानाध्यापक सत्यनारायण मेहता, कक्षाका विधार्थी र शिक्षकहरुसंग छलफल र अन्तरवार्ता सहित शैक्षिक सुधारका लागि शिक्षहरुलाई पूर्ण जिम्मेबार भएर पठनपाठन गर्न आग्रह गर्नुहुदै विधार्थीहरुलाई कक्षामा ल्याउन, टिकाउन र सिकाउनका लागि शिक्षाको सबै सुत्र प्रयोग गर्न आग्रह गर्नुभयो ।
अनुगमनका क्रममा दिएको सुझाव र गरिएको आग्रहलाई शिक्षक तथा प्रधानाध्यापकहरुले सकारात्मक रुपमा लिएको यादवले बताउनुभयो । शिक्षक र प्रअहरुले समेत आफ्नो समस्याहरु सुनाएका थिए भने केही लिखित रुपमा महासंघ र नगरपालिकालाई बुझाउने बताएका थिए ।
उता इनरुवा ९ को वीपी मेमोरियल आधारभुत विद्यालयमा लठीको प्रयोग गरेको, प्रधानाध्यापक र सहयोगी हाजिरि गरेर घरकाममा व्यस्त रहेको, खाजामा गुणस्तर कायम गर्न नसेकेको, पढाउने भन्दा झारो टार्ने शैलीमा शिक्षकहरु प्रस्तुत भएको, दरबन्दीका शिक्षक काजमा गएकाले दुई दुई वटा कक्षालाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको पाएको छ । त्यसैगरी इनरुवा २ को राजाजी माध्यमिक विद्यालयको अनुगमनका क्रममा प्रअ नारायण मेहता र अध्यक्ष अनिरुद्ध मेहताका बीचमा द्धन्द्ध भएकाले अध्यक्ष मेहताले राजीनामा दिएको अवस्था रहेको पईयो । विद्यालयमा मावि राहत शिक्षकको विषयमा गाउँ र विद्यालयमा असम्झदारी बढेको, बोडिंग स्कूलका विधार्थी राखेर सरकारीको नतिजा राम्रो देखाउने र नियमित विधार्थीलाई राम्रो नपढाउने, शिक्षकहरु पूर्ण जिम्मेबार नभएको अनुसाशन पालनमा कमी देखिएको थियो ।
Discussion about this post