इनरुवा । सुनसरी सदरमुकाम इनरूवा नगरपालिकाको मुटुमै रहेको जिल्ला अस्पतालले २ जना कर्मचारी सम्मान गरिएको छ ।
जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति राजन मेहताकाे प्रमुख अतिथ्यतामा कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे ।
अस्पतालमा कार्यरत कर्मचारीहरूकाे मनाेवल उच्च बनाउने उदेश्यका साथ डाक्टर देवराज घिमिरेले कर्मचारी सम्मान कार्यक्रमकाे आयाेजना पहिलोपटक गरिएको जानकारी दिए ।उनलेे दिएको जानकारीअनुसार आज एक कार्यक्रमका बिच ईतिहास मा पहिलो पटक जिल्ला अस्पताल सुनसरीमा कार्यरत कर्मचारीहरुलाई पुरुस्कार तथा सम्मान गर्ने माैका जुरेपछिआफू खुशी भएको बताए ।
अस्पतालले आयाेजना गरेको कर्मचारी सम्मान कार्यक्रममा सम्मानित हुनुहुनेमा अस्पतालमा कार्यरत श्री पुलकित मरिक(स्विपर) र कमला माझि(मालि) रहेको उनलेे बताए ।
Discussion about this post