इनरुवा । सुनसरी सदरमुकाम इनरूवा नगरपालिकाको मुटुमै रहेको जिल्ला अस्पतालले २ जना कर्मचारी सम्मान गरिएको छ ।
जिल्ला अस्पतालका निमित्त मेसु डाक्टर देवराज घिमिरेकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति राजन मेहताकाे प्रमुख अतिथ्यतामा कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरिएको हाे ।
अस्पतालमा कार्यरत कर्मचारीहरूकाे मनाेवल उच्च बनाउने उदेश्यका साथ डाक्टर देवराज घिमिरेले कर्मचारी सम्मान कार्यक्रमकाे आयाेजना पहिलोपटक गरिएको जानकारी दिए ।
उनलेे दिएको जानकारीअनुसार आज एक कार्यक्रमका बिच ईतिहास मा पहिलो पटक जिल्ला अस्पताल सुनसरीमा कार्यरत कर्मचारीहरुलाई पुरुस्कार तथा सम्मान गर्ने माैका जुरेपछिआफू खुशी भएको बताए ।
अस्पतालले आयाेजना गरेको कर्मचारी सम्मान कार्यक्रममा सम्मानित हुनुहुनेमा अस्पतालमा कार्यरत श्री पुलकित मरिक(स्विपर) र कमला माझि(मालि) रहेको उनलेे बताए ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...










Discussion about this post