इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर इनरुवामा ब्याटमिन्टन लगायतका विभिन्न खेल खेल्न निर्माण गरिएको कर्वड हल(बहुउद्देश्यीय सभाहल) उद्घाटन भएको छ । शुक्रबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोताले कर्वड हल उद्घाटन गर्नुभएको हो । नेपाल प्रहरी, स्थानीय तह, समुदाय र आन्तरिक श्रोत साधन एवं प्रहरी कर्मचारीहरुको श्रमदानबाट प्रहरी कार्यालय परिसर भित्र नव निर्मित कर्वड हल (बहुउद्देश्यीय सभाहल)को बास्तोलाले उद्घाटन गर्नुभएको हो । प्रदेश प्रहरी प्रमुख बास्तोलाको प्रमुख आतिथ्य र जिल्ला समन्वय समिति सुकासरीका प्रमुख राजन मेहताको विषेश आथित्यतामा कर्वड हल उद्घाटन भएको प्रहरीले जनाएको छ । उद्घाटन कार्यक्रममा सुनसरीको इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, रामधुनी प्रमुख शंकरलाल चौधरी, कोशीका अध्यक्ष ऐयुव अंसारी, हरिनगरका अध्यक्ष गफार अंसारी, बर्जुका अध्यक्ष जिवछ कुमार राय, सबै पालिका उप–प्रमुख, गाउँपालिका उपाध्यक्षहरु, सुरक्षा निकायका प्रमुख, उद्योग बाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र कुमार साह सहितका पदाधिकारी, समुदाय–प्रहरी साझेदारी अन्तर्गतका पदाधिकारीहरु उपस्थिती रहेको थियो ।
समुद्घाटन कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राज कुमार राईले स्वागत मन्तब्य राख्दै हल निर्माणाको लाग्त खर्च ५२ लाख रुपियाँ रहेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने, उद्योग बाणिज्य संघ ईनरुवाका अध्यक्ष बीरेन्द्र कुमार साह, हरिनगर गाउँपालिका अध्यक्ष गफार अंसारी मियाँ, ईनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, जिल्ला समन्वय समितीका सभापति राजन मेहता, उप–प्रमुख कमला दाहालले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी बास्तोलाले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रशंसा– पत्र तथा पुरस्कार बितरण गर्नु भई निर्देशन सहित सम्बोधन तथा शुभकामना दिनुभएको थियो । प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले नव निर्मित बहुउद्देश्यीय सभाहलको निर्माण उपयोगिताको बारेमा जानकारी गराउनु हुँदै सहभागीलाई धन्यवाद दिनुभएको थियो ।
ढकालले कार्यालयको कवर्ड हलमा ब्याडमिन्टन लगायतयको खेलकुद गतिबिधि संचालन गर्न, आवश्यक ब्रिफिङ गर्न र विभिन्न तालिम सञ्चालन गर्न ठाँउको अभाव परिपुर्ती गर्ने जानकारी दिनुभयो । आफ्नो बिशेष पहलमा कार्यालय परिसरमा रहेको जिर्ण भवनलाई भत्काएर त्यहाँ भएका सामाग्रीहरुलाई समेत प्रयोगमा ल्याई नयाँ भवन निर्माण गरिएको र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत निर्मित भवनको नाम ‘बहु–उद्देश्यीय सभा हल’ राखिएको जनाएको छ । ईनरुवा नगरपालिकाका ईन्जिनियरबाट भवनको लागत अनुमान रु ५३ लाख १५ हजार ४९५ सय २१ पैसा निर्धारण भएको थियो । यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले श्रमदान गरेकोले ३८ लाख रुपिंयामा नै तयार गरिएको जनाएको छ ।
नवनिर्मित भबनको क्षेत्रफल २९०२.५० वर्ग फिट रहेको छ भने १३० दिनमा सम्पन्न यस भवन निर्माण कार्यका लागि यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू मध्ये १० जना कर्मचारीहरू दैनिक रुपमा खटिएका थिए भने आवश्यकता अनुसार प्रहरी उपरीक्षक लगायत सम्पुर्ण कर्मचारीहरु समेत श्रमदानमा सहभागी भएका । करिब २५० जना मानिसहरू अटाउने क्षमता रहेको यस भवन निर्माण गरिए पस्चात प्रहरी कर्मचारीहरुलाई ब्याटमिन्टन लगायतका खेलकुदमा सहभागी बनाउन, कुनै पनि प्रकारका सभा, बैठक, गोष्ठी र सेमिनार सञ्चालन गर्न, विभिन्न किसिमका तालिम एवं प्रशिक्षणका कार्यहरु सञ्चालन गरिने भएको छ । यस नवनिर्मित ‘बहु–उद्देश्यीय सभा हल’ जिल्ला प्रहरी कार्यालयकोरेखदेख र नियन्त्रणमा रहने छ भने जिल्ला प्रहरी कार्यालयको पूर्व स्वीकृतिमा सर्वसाधारण एवं अन्य सरकारी कार्यालयहरूले समेत प्रयोग गर्न दिईनेछ र ब्याडमिन्टन अभ्यासका लागि कार्यालय बाहेकको समयमा स्थानीय बासीहरूको समेत सहभागिता गराईने जनाएको छ ।
Discussion about this post