हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नै पालिकाभित्र घुमेको भन्दै भ्रमण खर्च बुझेका छन् । बितेको आर्थिक वर्ष २०७८–०७९ मा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्षले गाउँपालिका क्षेत्रभित्र अनुगमन गर्दा समेत भ्रमणखर्च भनेर मोटो रकम भत्ता बुझेका छन् ।
आफ्नै पालिका भित्र भ्रमण गरेको भनेर भत्ता बुझ्न पाउने कानूनी व्यावस्था छैन । तर, गाउँपालका अध्यक्ष र उपाध्यक्षले पटक–पटक भ्रमण गरेको भन्दै भत्ता रकम बुझेका छन् ।
अध्यक्ष र उपाध्यक्षले आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयको भ्रमण गरेको भन्दै ९३ हजार ९७० रुपैयाँ भ्रमण खर्च बुझेको महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
आफ्नै गाउँपालिका भित्रका वडा कार्यालयहरुमा पुगेको भन्दै अध्यक्ष र उपाध्यक्षले एक पटकमा दश हजार रुपैयाँ देखि १६ हजार ८ सय रुपैयाँ सम्म बुझेका छन् ।
कामको शिलाशिलामा आफ्नै पालिका भन्दा अन्यत्र गइ बास बस्नुपरेमा मात्र पालिकाका पदाधिकारीहरुले भ्रमणखर्च बुझ्न सक्ने कानूनी व्यवस्था रहेको छ ।
तर, राक्सिराङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पट पटक आफ्नै वडा कार्यालयमा पुगेको भ्रमणभत्ता बुझेकोमा महालेखाले प्रश्न गरेको हो । पालिका भित्रैको भ्रमणखर्च अध्यक्षले पाँच पटक भ्रमण खर्च बुझ्दा उपाध्यक्षले भने तीन पटक मात्र बुझेका छन् ।
अध्यक्ष राजकुमार मल्लले रकम बुझेको भएपनि पहिलो कार्यकालका उपाध्यक्ष वा अहिलेको कार्याकालका उपाध्यक्ष वा दुबैले रकम बुझेको भन्ने स्पष्ट देखिदैन ।
यस्तो छ महालेखा परिक्षकको कार्यालयले सार्बजनिक गरेको प्रतिवेदन ।
यता राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफुले बुझेको भ्रमण भत्ता लिन नमिल्ने भनेपछी कर्मचारीलाई त्यो रकम आफ्नो तलबबाट काट्नका लागि निर्देशन दिइसकेको बताउनु भएको छ । पहिले कार्यपालिकाका सबै सदस्यहरुले ड्रेस खरिदमा पनि महालेखाले बेरोजु देखाएपछी पछी फर्ता गरिएको बताउनुयो ।
गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङले भने आफु उपाध्यक्ष भएर आएपछी गाउँपालिका भित्रैको भ्रमण भत्ता नलिएको बताउनुभयो । पहिलेको कार्यकालका उपाध्यक्षले गाउँपालिका भित्रको अनुगमनको रकम बुझेको हुन सक्ने उहाँले बताउनुभयो । आफु आएपछी लिने नभइकन घटाउने काम गरेको बताउनुभयो ।
Discussion about this post