भोक्राहा । सुनसरीक भोक्राहा नरसिंह गाउँपालिका २ अकाहा स्थित रहेको स्वास्थ चाैकीमा पोषण मैत्री संस्था घोषण कार्यक्रम भएको छ ।
असार १८ गते स्वास्थ चाैकीको सभा हलमा कार्यक्रम भएको हो।
पोषण मैत्री भएपछि विषेश जन्म देखी ५ बर्ष मुनिका बालबालिकाहरु लाई र स्तनपान गराउने आमा हरुको लागि स्तनपान कक्षको छुट्टै कोठाको सुविधा सम्पन्न व्यवस्थापन गरिएको छ ।
नेपाल जन स्वास्थ तथा शिक्षा समुहको सहयोगमा स्तनपान कक्षको व्यवस्थापन गरिएको हो।
कार्यक्रमा भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजम अख्तर आजाद ,उपाध्यक्ष अनिता कुमारी उराँव ,वडा अध्यक्ष आलम अन्सारी , वडा अध्यक्ष बलदेव मेहता ,अजिम मन्सुरी , महिला वडा सदस्य रिता पोदार,स्वास्थका हिरा लाल साह, भोक्राहा स्वास्थ चोकी प्रमुख रमेश कुमार साह,सुनिता साह लगायत स्वास्थकर्मीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post