इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले लामो समयदेखि निष्क्रिय रहेका सहकारी संघ/संस्थाकाे दर्ता खारेज अघि सारिएको छ ।
हिजाे बिहीबार गाउँपालिकाकाे कार्यालय चिराैली सुनसरीले विभिन्न ६ वटा सहकारी संघ/संस्था खारेज प्रक्रिया अघि सारिएको सार्वजनिक सूचना प्रकाशन गरि जानकारी गराइएको हाे ।
गाउँपालिकाले सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा ३(क) अनुसार यी संस्थाहरुको दर्ता खारेजी गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयो ।
भोक्राहा नरसिंह गाउँपालिकाको नियमन क्षेत्राधिकार भित्रका विभिन्न ६ वटा सहकारी संस्थाहरुको सहकारी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क) को व्यवस्था अनुसार दर्ता खारेजी प्रक्रिया अघि बढाएको बताउनुभयो ।
उहाँले भन्नुभयो यस पालिका अन्तरगत विभिन्न ६ वटा सहकारी संघ/संस्थाहरूले नियमित रुपमा बुझाउनुपर्ने साधारण सभाको जानकारी, मासिक तथा वार्षिक प्रतिवेदनहरु लगातार २ वर्ष वा सो भन्दा बढी समयदेखि प्राप्त नभएकोले खारेजी प्रक्रियाका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको बताउनुभयो ।पालिकाले सार्वजनिक सूचना प्रकाशित गरि ध्रुवतारा वचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमधुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड,नवकिरण महिला कृषि सहकारी संस्था लिमिटेड, श्रीराधे महिला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड,शिवगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेड,दयालु लघु उद्यम सहकारी संस्था लिमिटेड संस्थाको दर्ता खारेज गरिएको हाे ।
त्यस्तै यस गाउँपालिकाबाट मिति २०८०।०४।११ गतेका दिन सहकारी संस्थालाई सूचिकृत तथा नविकरण गर्न आउने सम्बन्धी जारी गरिएको सूचनालाई समेत बेवास्ता गरी नविकरण गर्न नआएकोमा खारेज गरिएको सहकारी शाखा प्रमुख विपुल कुमार यादवले जानकारी दिनुभयो ।
वहाँले भन्नुभयो हामीले सार्वजनिक सुचना प्रकाशित गरि खारेज गरिएको सहकारी संघ संस्थाहरूले सहकारी ऐन २०७५ को दफा ६६ बमोजिम सम्बन्धीत सहकारीको दर्ता खारेजी गर्नु नपर्ने कुनै कारण भएमा सो को स्पष्ट कारण सहित सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन समेत आग्रह गरिएको बताउनुभयो ।
त्यस्तै साे समयावधि भित्र सम्पर्कमा नआएमा कानुन बमोजिम स्वतः दर्ता खारेजी हुने व्यहोरा जानकारी दिनुभयो ।
Discussion about this post