दिपेन्द्र यादव/इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा केही दिन यतादेखी नियमित गाउँ -गाउँमा आयाेजित जनतासँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको बताएका छन् ।
बुधबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ स्थित यादव टाेलमा आयाेजित “जनतासँग अध्यक्ष कार्यक्रम” प्रभावकारी बनेकाे स्थानीय श्यामदेव मेहताकाे कथन छ ।
स्थानीय गाउँवासी श्यामदेवका अनुसार भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले यसपालिको याेजनामा ठाेस याेजनाहरू ल्याएकोमा र हाम्राे घरघरमा पालिका अध्यक्ष आएर सुखदुःख सुनेकाेमा आफुहरू खुशी भएको बताए ।
उनले भने गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले जनतासँग अध्यक्ष कार्यक्रम टाेल टाेलमा लिएर आएकोमा गाउँवासीहरूकाे अनुहारमा समेत खुशी पलाएको बताए ।
उता भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ यादव टाेल स्थित रामचन्द्र शर्माको घरमा आयाेजित “जनतासँग अध्यक्ष कार्यक्रम” स्थानीय गाउँवासीहरूले बाटाेघाटाे, स्वास्थ्य चाैकीमा औसधि अभाव, सामुदायिक स्कुलमा गुणस्तरीय पढाइ र नियमित पठनपाठन, मन्दिर मर्मत तथा निर्माण, गरीब तथा असहाय परिवारलाई परेको समस्या लगायतको विषयमा जनगुनासाे उठाएको थियोे ।
उक्त गुनासोलाई सम्बाेधन गर्दै पालिका अध्यक्ष अजमल अख्तर आजादले एक-एक समस्याको जवाफ दिएकोमा गाउँवासीकाे अनुहारमा खुशी पलाएको अर्का स्थानीय रामचन्द्र शर्माले बताए ।
त्यस्तै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले भने जनतासँग अध्यक्ष कार्यक्रममा स्थानीय जनताहरूले सुनाएको जनगुनासाेकाे विषयमा आफू गम्भीर रहेको बताए ।
उनलेे भाेक्राहा नरसिंह वडा नम्बर ७ स्थित रहेकाे नरसिंहनाथ महादेवमा करिव ८ लाख रूपैयाँ बराबरकाे याेजना अघि बताउँदै, किसानहरूको लागि प्रत्येक वडामा ५ जना किसानलाई कुट्टी काट्ने मेसिन, खेत खेतमा सिंचाइकाे व्यवस्था, २ कराेड बराबरकाे ५० प्रतिशत अनुदानमा माेटर सहित बाेरिंग र दशैँ तिहार अगाडि गाउँ गाउँमा पाेलबत्ती जडान गर्ने याेजना अघि बढाएको बताए ।
Discussion about this post