इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा जनता समाजवादी पार्टी नेपाल (जसपा) लाई ठुलो झटका लागेको छ ।
गत स्थानीय तह निर्वाचन २०७४ मा तत्कालीन संघिय समाजवादी फाेरम नेपालबाट भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका महेन्द्र प्रसाद यादव, वडा नम्बर ६ का वडाध्यक्ष पदमा निर्वाचित राजेश्वर प्रसाद साह नेकपा एमाले पार्टीमा प्रवेश गरेपछि झन्डै ६० प्रतिशत झटका लागेको थियो ।तर आज शुक्रबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा एमाले )ले आयाेजना गरेको पार्टी प्रवेश तथा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा जसपा नेपाललाई थप १५ प्रतिशतकाे झटका लागेको स्थानीयवासी बताउँछन् ।
तत्कालीन संघिय समाजवादी फाेरम नेपाल पार्टी र वर्तमान जनता समाजवादी पार्टी (जसपा ) नेपालबाट गत स्थानीय तह निर्वाचन २०७४ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीनवटा वडामा वडाध्यक्ष पदमा निर्वाचित भएकोे पार्टीबाट हालसम्ममा पालिका अध्यक्ष र दुईवटा वडाध्यक्ष नेकपा एमाले पार्टीमा प्रवेश गरिसकेका छन् । भने अब बाँकी रहेका गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित उपाध्यक्ष र एक वटा वडाका वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गर्न बाँकी रहेपनि उनीहरूपनि चाँडै नेकपा एमाले पार्टी प्रवेश गर्ने तयारीमा रहेको समाचार स्रोतको भनाइ रहेकाे छ ।आज शुक्रबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ७ नरसिंहमा आयाेजना गरिएको पार्टी प्रवेश तथा बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री तथा नेकपा एमाले पार्टीका केन्द्रीय कमिटी सदस्य जगदीश प्रसाद कुसयैतले जसपा नेपालबाट गत स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित वडा नम्बर ७ का पूर्व वडाध्यक्ष रामचन्द्र यादव सहित १ सय ३८ जनालाई प्रवेश गराएका छन् ।नेकपा एमालेका नवप्रवेशीहरूलाई बधाई तथा शुभकामना दिदैं पूर्व मन्त्री तथा नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य कुसयैतले नेपाली जनताको वर्गीय र सामाजिक मुक्ति, नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा, जनतामा निहित सार्वभौमसत्ता र लोकतान्त्रिक प्रणालीका पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको बताएका छन् ।
उनले कार्यक्रममा बाेल्दै भने नेकपा (एमाले) पार्टी “नेपाली श्रमजीवी वर्गको राजनीतिक अगुवा र प्रतिनिधि संस्था हो” यसले शारीरिक तथा मानसिक श्रम गर्ने श्रमिक, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपतिका साथै सम्पूर्ण जाति, भाषा, संस्कृति, भूगोल, पेशा र लैङ्गिक समुदायका जनताको हितको प्रतिनिधित्व गर्ने एकमात्र पार्टी रहेको बताए ।त्यस्तै नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटी इन्चार्ज महेन्द्र प्रसाद यादवले पनि नव प्रवेशीहरूलाई बधाई तथा शुभकामना दिदैं भने “एमाले पार्टीले संविधानसभाबाट निर्माण भएको संविधानको रक्षा, प्रयोग र विकास गर्न; सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न; सामन्तवादका अवशेषहरुलाई अन्त्य गर्न; दलाल– नोकरशाही पुँजीवादी शोषण उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्न; राष्ट्रिय पुँजीको विकासका साथै सामाजिक न्याय र समानतामा आधारित सामाजिक–आर्थिक रुपान्तरण गर्न; जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न र समाजवाद स्थापना गर्न प्रतिबद्ध रहेको एकमात्र पार्टी भएको बताए ।उनलेे भने पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जनताका प्रतिनिधिद्वारा शासन प्रणालीको सञ्चालन, स्वतन्त्र न्यायपालिका र मानवअधिकारको प्रत्याभूति लगायत लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताप्रति प्रतिबद्ध रहेको नेकपा एमाले पार्टी मात्रै रहेको बताए । साथै, नेपाली समाजमा दिगो शान्ति र सामाजिक आर्थिक क्षेत्रमा प्रगतिशील रुपान्तरणका लागि शान्तिपूर्ण बाटो र लोकतान्त्रिक विधि अवलम्बन गर्न नेकपा एमाले २४ औं घण्टा प्रतिबद्ध रहेको बताए ।उता पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका रमेश यादव, दिपक यादव, निलम यादव,भाेला मण्डल, सन्ताेष मण्डल, सुनिल यादव , अशाेक यादव, विन्देश्वर यादव,नेपाली कांग्रेसका जागेशवर मण्डल, प्रभु मण्डल, बिरेन्द्र यादव,जनमत पार्टीका रामकुमार यादव, लाेसपा नेपालकी नितु कुमारी मेहता, रामकुमार यादव (सचेन्द्र) लगायतका १ सय ३८ जनाले नेकपा एमाले पार्टी प्रवेश गरेकाे जिल्ला सदस्य बाबुराम साहले जानकारी दिए ।पार्टी प्रवेश कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम नेकपा एमाले भाेक्राहा नरसिंह गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
Discussion about this post