भोक्राहा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ स्थित श्री सिंहवाहिनी रामधुनी सामुदायिक वन उपभोक्ता समुह संचालक समिति गठन गरिएको छ ।
वन उपभोक्ता समुहको अध्यक्षमा बेचन प्रसाद मेहता ,उपाध्यक्ष गिता मेहता, सचीवमा उमेश कुमार मेहता,कोषाध्यक्षमा वविता उराँव , सहसचिवमा सेख ममताज ,सदस्यहरुमा शिव नारायण मेहता, लक्ष्यमण प्रसाद मेहता,अमकला मुखिया , विष्णु साह सहित १५ सदस्य सहित समिति चयन गरेका छन । वन उपभोक्ता समुह चयन भएका सम्पुर्ण पदाधिकारीहरु लाई एक कार्यक्रमको बीच प्रमाणपत्र वितरण तथा सम्मान समेत गरिएको छ ।
सम्मान कार्यक्रमा सम्पुर्ण पदाधिकारीहरु लाई प्रमुख अथिती ,विशिष्ट र अथितिहरुले अविरलको टीका लगाइ गम्छा सहित प्रमाणपत्र दिइएर सम्मान गरिएको वन समिति निर्वाचन संयोजक शिव नारायण मेहताले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद ,विशिष्ट अथिती एवम् डिभिजन वन कार्यालय सुनसरीका प्रतिनिधि राजु भुजेल , पुर्व अध्यक्ष हिरा लाल मेहता,नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह सभापति युवराज दाहाल , नेकपा एमालेका रामकुमार मेहता,नेकपा एसका सचीव चन्देश्वर मेहता, सभापति बेचन मेहता ,सेख ममताज, राप्रापाका लक्षमण मेहता , रमेश मेहता, पुर्व कार्यपालिका सदस्य विश्वनाथ कर्ण , पुर्व वडा सदस्य सुनिता उराँव , मनोज पोखरेल , कृष्ण राज विष्ट , रुद्र नारायण साह, पदम बस्नेत , असजाद अन्सारी शिव नारायण मेहता लगायतकाे उपस्थिति रहेको थियो ।
Discussion about this post