मोरङ । थारु कल्याण कारीणीको भातृ संगठन थारु युवा सभा मोरङले पालिका र वडा कमिटि गठनको कार्य विस्तार गरीरहेको छ । यसै अनुरुपम थारु युवा सभा मोरङले मोरङ जिल्लामै पहिलो पटक वेलबारी नगरपालिका वडा नं.७ बाहुनीमा थारु युवा सभा मोरङको वडा कमिटि उत्साह जनकको रुपमा चयन भएको छ ।
थारु युवा सभा जिल्ला कार्य समिति मोरङको आयोजनमा गठन भएका बेलबारी नगरपालिका वडा नं.७ का जितनारायण चौधरीको सँयोजकमा ४५ जनाको थारु युवा सभा वडा कमिटिमा मनोनित गरीने थारु युवा सभा जिल्ला कार्य समितिका उपाध्यक्ष पृथ्वी चन्द्र माझी थारुले जानकारी दिएका छन् ।
आजको थारु युवा सभा वडा कमिटि गठनको कार्यक्रममा अधिक्त्तम युवाहरु व्यस्तताका बाबजुत पनि २० जना युवाहरुले हर्ष उल्लासका साथ कमिटिमा नाम दर्ता गएका छन् । जस्मा वडा कमिटिको उपाध्यक्षमा सुस्मिता चौधरी, सचिवमा विशाल चौधरी, सह सचिवमा सोबित चौधरी लगाएत अन्य १५ जनाले सदस्यमा नाम दर्ता गराई सकेको जिल्ला कार्यसमितिका उपाध्यक्ष माझीले जानकारी दिएका छन् । थारु युवा सभा मोरङ जिल्ला वडा कमिटि विस्तार कार्यक्रमकाको अध्क्षता बेलबारी नगरपालिका वडा नं.७ का था.क.स. वडा सभापती नाथुराम चौधरी, वेलबारी था.क.स. सभापती बाबुराम चौधरी, सचिव धिरज चौधरी , थारु युवा सभा केन्द्रिय पार्षद अन्जित माझी, रमेश माझी लगाएत थारु युवा सभा जिल्ला कार्य समिती मोरङका उपाध्यक्ष पृथ्वी चन्द्र माझी थारु , अजय सरदार लगाएत जिल्ला कार्यसमिती सदस्यहरुको उपस्थिती रहेको थियो ।
वडा कमिटि विस्तार कार्यक्रममा थारुका विभिन्न जनवर्गीय संगठनले थारुहरुको माग मुद्धा तथा जातिय पहिचान , रोजगारीहरुको सम्बोधन भन्दा पनी बढी साँस्कृतिक र राजनितीकरण देखिएको हुँदा अवको दिनहरुमा थारु युवा सभाले यस किसिमका कार्यहरुलाई पन्छाउँदै थारुहरुको माग मुद्धा , थारु जातिको एकता सँगै पहिचान सहितको नेतृत्वकर्तामा जोड दिने अतिथिहरुबाट अवाज उठेका थिए ।
Discussion about this post