बारा । प्रहरी अधिकारीहरु आफ्नो सेवा अवधि भित्र तराईका जिल्लामा आफ्नो दर्जाअनुसारको कार्यालयमा इन्चार्ज जान खोज्ने गरेको पाईन्छ ।
तराईको जिल्लामा मुख्य रुपमा बारा, पर्सा, मोरङ र रुपन्देहीको इन्चार्ज बन्न ठूलो राजनीतिक पहुँच चाहिने कुरामा दुईमत छैन । बारा जिल्लाको इन्चार्ज बन्न राजनीतिक शाक्तिको तानातानमा प्रहरी प्रधान कार्यालयले विश्वास गरी सुरेश काफ्लेलाई गत भाद्र महिनामा पठाएको थियो । काफ्लेको बारा प्रबेशलाई अहिले सिंघमको रूपमा हेर्ने गरिन्छ । हरेक अनुसन्धानमा अब्बल काफ्लेलाई पछिल्ला घटनामा गरेको सफल अनुसन्धानका कारण सिंघमको रूपमा लिएको बाराबासी बताउछन् ।
समस्याको आरम्भएसपी सुरेश काफ्ले बारा पुग्दा नेपाल भारतको दसगजा पिपरपातिमा नेपाली नागरिक अजित सिंहको शव भेटियो । दुई देश बीच फेला परेको शबको छानविन गर्न नेपाल–भारतको प्रहरीबीच कटुता गराउने अपराधिक गिरोहको उद्देश्य थियो । अपराधीहरुको अपेक्षा विपरित एसपी सुरेश काफ्लेले ७ दिन भित्र हत्याको उद्देश्य र हत्याराको नाम सार्वजनिक गरे । हत्याको मूल कारण परस्त्रीगमन अर्थात् मृतकको पत्नीसँग पर पुरुषको सम्बन्ध रहेको अनुसन्धानबाट पत्ता लाग्यो ।
बारामा मुख्य रुपमा ३ रुट बाट नेपाल–भारतबीच आपराधिक गतिविधि र तस्करी हुने गर्दछ ।
पूर्वी रुट अर्थात् बगदेव निगजढ हुँदै सिम्रौनगढ रुटबाट गाजा तस्करी नेपालबाट भारत तर्फ हुने गर्दछ । यो रुटमा नेपाली कांग्रेसको बुढाथोकी थरको नेता र यादव थर भएका यूवा नेताहरुको नेतृत्वमा प्रहरीले गाजा तस्करीको लाइन दिने गरेको स्रोत बताउंछ । गाजा तस्करीलाई केन्द्रीय स्तरका पूर्व मन्त्री एवं नेताहरुले संरक्षण दिने गरेका थिए । एसपी काफ्ले आएपछि उक्त गाजा रुट बन्द गरेका थिए ।गाजा रूट बन्द हुनासाथ कांग्रेसका नेताहरु राजधानीमा एसपी सरुवाको डेलीगेसन अभियान चलाउन थालेका थिए ।
मध्य रुट कलैया, मटिअर्वा, पिलुवाबाट मलखाद, खाद्यन्न र राँगा, भैसी, गोरु, गाईको तस्करी हुने गरेको थियो । मध्यवर्ति रुट बाट नेपालबाट भारत तर्फ सुन लाने र भारत तर्फबाट नेपाल तर्फ चाँदी ल्याउने कार्य परम्परागत रुपमा हुने गरेको थियो । सुन तस्करीको लाइन नेपाली कांग्रेसको केन्द्रीय नेताको विश्वास पात्र वडा अध्यक्षहरुले मिलाउने गरेका थिए भने गाई, गोरु, राँगा, भैसी, खाद्यान्नको लाइनको संरक्षण भट्ट र रौनियार थरका नेताले चलाउने गरेका थिए । एसपी काफ्ले आएपछि मध्यवर्ती लाईन पनि बन्द भयो । परिणाम स्वरुप एसपी हटाओ अभियानले तिब्रता पायो ।
पश्चिम रुटमा विरगंज सिमा, जितपुर, सिमरा, पथलैया र अमलेखगंज रुट पर्दछ । यो रुटले महेन्द्र राजमार्ग र त्रिभूवन राजपथ समाउँछ । पूर्वी नेपाल देखि विरगंज भन्सारलाई नियमित गर्ने यो रुटमा अनियन्त्रित तस्करी हुने गर्दछ । एसपी काफ्ले आए पछि अप्रत्यासित छापा हान्न थाले पछि तस्करहरु आतंकित भई नयाँ हाकिम खोज्न काठमाण्डौ तर्फ लागेका थिए ।
कार्तिक १३ गते बाल एकता विद्यालयको प्रिन्सीपल रुपेश सर्राफको हत्या भारतीय आपराधिक समूहको गोली र नेपाली लगानीकर्ताको साझा प्रयासबाट भयो । एसपी काफ्लेले हत्याको ३ घण्टा भित्र हत्याको मूल केन्द्र राधा गुप्ता र अन्य सहयोगीलाई पक्राउ गरे । हत्याको मूल कारण अनैतिक सम्बन्ध रहेको प्रमाण सहित जानकारी सार्वजनिक गरे पछि विद्यालय प्रशासन आतंकित भयो ।
अपराधिहरुको एकतामा भएको बाल एकता प्रदर्शनहत्या भएको २४ घण्टा नपुग्दै हत्यारा सम्बन्धी विवरण, हत्यामा सहयोग गर्ने व्यक्ति एसपी काफ्लेले पक्राउ गरे पनि ३ रुटका तस्कर र हत्याको लगानीकर्ताले एसपी काफ्लेलाई असफल पार्न दैनिक रूपमा दिनमा नारा जुलुस राती मैन बत्ती देखि मसाल जुलुस समेत गर्न पछि परेनन् । रुपेश सर्राफले एक अवला केटी राधा गुप्तालाई परिबन्दमा पारी यौन शोषण गरेको र जुलुसमा भाडाका मानिस धेरै देखिन थाले पछि स्थानीय वासी पछि हटे । तस्करको प्रायोजनमा चलेको जुलुसमा स्थानीय सहभागिता नभएपछि सो कुरा पत्रपत्रिकाले पनि एसपी काफ्लेलाई सहयोग पुग्नेगरी कभरेज गरेका थिए । यसको परिणाम बाल एकताको प्रिन्सीपल हत्याको जुलुसमा तस्करहरू देखिन थालेपछि शिक्षक संघ, प्याव्सन पनि पछि हट्न बाध्य भए र तस्करहरु भागभाग भए ।
चलो काठमाडौ तस्करहरुको पहिलो योजना एसपी काफ्लेलाई फकाउने र अवैध काममा सहयोग लिने थियो । तर उनीहरूले काफ्लेलाई किन्ने प्रयास सफल हुन सकेन । दोश्रो योजना नारा जुलुस लाएर आतंकित गर्नु रहेको थियो । यसै क्रममा सिम्रौनगढ नगरपालिकामा सुनियोजित रुपमा तस्करहरुले प्रहरीसँग झडप गरेका थिए । प्रहरीले आत्मरक्षामा गोली चलाउदा एक नागरिकको दुखद निधन भएको थियो । गरिवको लासमा राजमार्ग बन्द गर्न तस्कर समूह निजगढ गए । निजगढको स्थानीयले गाँजा तस्करको समुह पहिचान गरि लखेटेपछि सबै तस्कर जुलुस बनाई उत्तर तर्प फर्की नारा दिए चलो काठमाडौ ।
एसपी काफ्ले सरूवाका लागि हारगुहार:
काठमाडौमा प्रहरी प्रमुख, गृह मन्त्री, नेपाली कांग्रेसका केन्द्रीय नेताहरु, नेपाल मानव अधिकार आयोग सम्म एसपी काफ्ले सरूवाका लागि हारगुहार गरेका थिए । उनीहरूको भनाई थियो काफ्ले अव्यावहारिक र कठोर रहेका कारण रुपेश सर्राफको हत्यारा पक्राउ गर्न नसक्ने भएको हुँदा एसपी काफ्लेको सरुवा गरिदिनु पर्यो । जुलुसमा जाने व्यक्तिको रंग रुप हेरेपछि गृह मन्त्रालय देखि प्रहरी प्रधान कार्यालयबाट खप्की खादै तस्कर समूह विरगञ्ज झरे । विरगंज स्थित भारतीय वाणिज्य दुतावासमा ‘ हम भारतीय थे हम भारतिय है , एसपी काफ्लेका सरुवा कराए ‘ भन्दै तस्कर समूह जुलुस लिई पुगेका थिए । भारतीय वाणिज्य दुतावासको गुनासो सुन्ने कर्मचारीहरुले नेपालको आन्तरिक विषयमा गुनासो सुन्ने हाम्रो क्षेत्र नभएको तथापी ‘तिमी हौँ हामीले जानेका छौँ’ । तिम्रो एसपी इमान्दार हो । हत्यामा को–कस्को कति सहभागी छ र तिमीले के गर्न खोजेको त्यो पनि थाहा भएकोले तुरुन्त भाग भनि दुतावास निकाला गरेको हाम्रो सुत्रले बताएको छ ।
प्रमुख सुटर सुजित सिंहलाई पक्राउः
सुटर पक्राउरुपेश सर्राफको हत्या चंचल पाण्डेको नेतृत्वमा भएको थियो । हत्यारा गोली चलाउने मूल सुटर भारतीय नागरिक सुजित सिंह थिए । हत्याको योजनाकार मनोज गुप्ता थिए भने हत्याको लगानीकर्ता नेपाली नागरिक बालएकता विद्यालय सम्बद्ध व्यक्ति एवं सुन तस्कर समूहका थिए । एसपी काफ्लेले पहिलो चरणमा प्रमुख सुटर सुजित सिंहलाई पक्राउ गर्ने योजना बनाए । सुजित सिंह नेपालमा ३ हत्या गरेको र भारतमा सात हत्या गरेका(सार्प शुटर)हुन् । सुजित सिंह माथि भारतमा करोडौँको लुटपाट गरेको मुद्दा चलिरहेको छ । नेपालमा फिरौती उठाउने गरेको जानकारी प्रहरीले प्राप्त गरेको थियो । सुजित सिंह भारतीय नागरिक भएको कारण भारतबाट पक्राउ गर्न सम्भव नभएपछि सुजित सिंहको नेपालको कडि प्रहरीले खोज्न थाल्यो । सुजित सिंहको प्रेमीका नेपाली केटी रहिछन् । प्रेमीकालाई दवाव दिएर सुजित सिंहलाई नेपाल–भारतको सिमाना आउन बाध्य बनाए ।
सुजित सिंह नेपालको विश्रामपुर आएपछि उम्कीन नदिई गोली हानी पक्राउ गरे । भारतीय खुंखार शुटर पक्राउ परेपछि नेपालमा भएका थप २ हत्या र रुपेश हत्याका लगानीकर्ता अहिले चिन्तामा छन् । एसपी काफ्लेले भारतीय आपराधीलाई ज्वाई बनाई नेपालमा पाल्ने र अपराध गराउने पालिका प्रमुख , नेता , व्यापारीलाई निगरानीमा राखेको बताउछन् ।
रुपेश हत्याको अपराधी र प्रमाण सहित बारा जिल्ला अदालतको इतिहासमा सबै भन्दा ठूलो अभियोग पत्र पेश भएको छ । बयान जारी छ । जनता अदालत तर्फ फर्केका छन् ।
खुंखार शुटर पक्राउ परे पछि भारतीय अपराधीहरु नेपाल–भारत सिमाभन्दा दुई सय कि.मी. पर हाजिपुरमा लुकेको प्रहरीले सुइको पाएको बताईन्छ । अहिले बारा रौतहट र विहार पुर्वी चम्पारणको जनताले एसपी काफ्लेलाई दिनहु अभिनन्दित गर्न आग्रह गरिरहेको बताईन्छ ।
राजस्वमा भागाभाग:
राजस्वमा भागाभागराजस्व चुहावटमा मतियार बनी महिनावारी उठाउने मधेशको प्रहरी प्रशासनको नियति रहेको छ । विरगञ्जको तस्कर समूहले भन्सार विन्दुमा महँगो वस्तुको थोरै मुल्यांकनगरि राजश्व छल्ने, आधा ट्रक विल भएको आधा ट्रक विल नभएको सामान पढाई राजस्व छल्ने र नदिजन्य विलको आधारमा कपडा, मोटर पार्ट पठाउने काम गरिरहेका छन् । एसपी काफ्लेको नेतृत्वमा प्रहरीले ३ महिनामा २७ करोडको राजश्व छलि भएको सामान बरामद गर्न सफल भएको छ । गत पुस १६ गते चार करोडको मोटर पार्टसलाई नब्बे लाख मुल्यांकन गरि राजश्व छलिको ट्रक सम्बन्धमा सुचनाप्राप्त भएपछि एसपी काफ्लेले ट्रक पक्राउ गरि राजश्व अनुसन्धानमा बुझाउने कार्य गरे । राजश्व अनुसन्धान पथलैयाले मिलेमतो गरि ट्रक छोडेपछि राजश्वको कर्मचारीलाई संगठित अपराधमा मुद्दा दर्ता गरी पक्राउ गर्ने चेतावनी समेत काफ्लेले दिएका छन् । गत बुधवार १८ गते प्रहरी भ्यान राजश्व अनुसन्धान कार्यालय पथलैया पुगेपछि राजश्वका कर्मचारी भागाभाग भएका छन् । आईन्दा तस्करीको सामान पक्राउ गरेपछि प्रहरीको रोहबरमा पारदर्शी मुल्यांकन र सामान जाँच गर्ने प्रतिवद्धता गरे पछि प्रहरी फिर्ता भएको थियो ।
यसरी तराईको जिल्ला विशेष रुपमा पर्सा जिल्लामा फरक पहिचान बनाएका एसपी योगेश्वर रोमाखामी र रमेश खरेलको सम्झना आउने गरी एसपी सुरेश काफ्लेले बारा, पर्सामा चर्चा बटुलिरहेका छन् । एसपी काफ्लेको सन्दर्भमा स्थानिय व्यापारीहरुले सिंघम रिटर्नको संज्ञा दिएका छन् ।
Discussion about this post