काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी खोसिएको छ । कार्यपालिकाको निर्णय प्रमाणीकरण प्रकरणमा मुछिएका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले गाडी मगाउँदा नपठाइए पछि यसअघि नै उनको सवारी खोस्ने निर्णय भएको महानगर स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
‘प्रशासकीय अधिकृत अधिकारीले चालकलाई गाडी लिएर आउ भनेर बोलाएका रहेछन्’ ती स्रोतले भने, ‘चालकले महानगरमा सोध्दा नजानुस् भनेसँगै सवारी खोसेको कुरा बाहिर आएको हो ।’ कार्यपालिका बस्नु अघि नै अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनेदेखि सवारी खोस्ने निर्णय भएको भए पनि मगाएपछि मात्रै खुलासा भएको ती स्रोतको भनाई छ ।
Discussion about this post