इनरुवा । सुनसरीको उत्तरी क्षेत्र बराहक्षेत्रमा वटा जंगली हात्ती गाउँ छिरेपछि आतंक मच्चिएको छ ।
वराहक्षेत्र-५ सिमरवनामा जङ्गली हात्तीको आक्रमणबाट ६९ वर्षीय भिमबहादुर बिष्टको मृत्यु भएको हाे । नजिकैको सामुदायिक वन सँगै गाउँ घर आसपासका क्षेत्रमा ती हात्ती पछिल्लो केही दिनदेखि देखिएका हुन् ।
आज बिहीबार बिहान करिब ११ बजेको समयमा जङ्गलबाट घाँस लिएर घर फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणबाट सिमरवना टोलका बिष्टको स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका बिष्टको टाउको, खुट्टा, शरीरमा क्षति भएको थियो ।हात्तीकाे आक्रमणबाट मृत्युु भएका बिष्टको घटना स्थलमै पुगेर नगर प्रमुख रमेश कार्कीको रोहवरमा स्थानिय जनप्रतिनिधि, प्रहरी, डिभिजन वन कार्यालयका अधिकारीहरूको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
उता केही दिनदेखि बराहक्षेत्र आसपास क्षेत्रका स्थानीयहरू जंगली हात्तीका कारण स्थानीयबासी बाहिर निस्कन, बालबालिका विद्यालयमा जान र विशेषगरी रातको समयमा अत्यावश्यक काम पर्दा घर बाहिर जान डराउनुपर्ने अवस्था रहेकाे स्थानीयवासीहरू बताउँछन् ।
Discussion about this post