विराटनगर । सीमापार भारतीय बजार जोगबनीमा बसेर नेपाली किशोरीसँग अनलाइन सम्पर्क बढाइ ‘ट्रयाप’मा पारेर यौन शोषण गरेको आरोपमा एकजना भारतीय नागरिक विराटनगरबाट पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंले, जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर मोरङ प्रहरीसँगको सहकार्यमा शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जोगबनीका २६ वर्षीय रबिकुमार छन् । उनले अनलाइनबाट नेपाली शिक्षित किशोरीसँग सम्पर्क बनाएर होटलमा बोलाउने र यौन सम्बन्ध बनाएपछि झुक्याएर भिडियो खिच्ने गरेको खुलेको छ । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार हालसम्म १५ जना बढी किशोरी उनको ट्रयापमा परिसकेको गुनासो प्रहरीमा पुगेको छ ।क्रमशः पीडितको संख्या बढ्दै गएपछि शुक्रबार उस्तै प्रकृतिको घटनाका लागि विराटनगर आएका बखत पक्राउ गरिएको हो । एक पटक यौन सम्बन्धमा बसेका किशोरीलाई भिडियोका आधारमा उनले उल्टो ब्लाकमेलिङ गर्ने गरेको पाइएको छ । उनले भिडियो अपलोड गर्ने धम्कि दिदै प्लेनको टिकट तथा होटल बुक र खर्च समेत किशोरीलाई तिराउने गरेको पाइएको छ ।’कतिपय किशोरीले आत्माहत्या गर्ने मनस्थितिसम्म बनाएको घटनासम्म पुगेको देखिएको छ’ प्रहरी स्रोतले भन्यो सुरुमा उनले पैसा खर्च गरेर बोलाउने पछि ट्रयापमा पारेपछि उल्टो खेल्ने गरेको देखिन्छ ।
पीडितहरु धेरै काठमाडौंका रहेका छन् । उनी पक्राउ परेसँगै बाँकी पीडित सम्पर्कमा आउनसक्ने अनुमान गरिएको छ । उनलाई प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्नेछ ।
Discussion about this post