विराटनगर । मोरङ कानेपोखरी–७ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रंगेली–६ का १९ बर्षीय अभिशेख कुमार मण्डल, सुन्दरहरैचा–७ का १९ बर्षीय सुवाष तामाङ र उर्लाबारी–६ का २८ बर्षीय अनमोल घिमिरे रहेका छन ।
को २ ह ३३९६ नम्बरको अटोमा आईरहेका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाईट्राभेट लागुऔषध मंगलबार हिजो फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Discussion about this post