सुनसरी । समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइमा पाइने हिउँचितुवा मोरङको उर्लाबारीमा भेटिएको छ । मंगलबार दिउँसो मोरङको उर्लाबारीमा भाले हिउँचितुवा भेटिएको हो । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा हिउँचितुवा भेटिएको हो ।
समुद्र सतहदेखि ३ हजारदेखि ५ हजार मिटरकोको उचाईमा पाइने हिउँचितुवा उर्लाबारीमा भेटिएको हो । उर्लाबारीको समुद्र सतहदेखि १२५ मिटरको उचाइमा पाइएको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्षका कायममुकायम प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार मंगलबार बेलुका ५ बजेको समयमा हिउँचितुवाको उद्दार गरिएको हो ।
‘कमन लेपर्ड (चितुवा) भनेर उद्दारको लागि हाम्रो टोली गएको थियो । तर, हेर्दै गएपछि स्नो लेपर्ड (हिउँचितुवा) रहेको थाहा भयो,’ यादवले सञ्चारकर्मीलाई बताए । उनले भने उद्दार गरिएको वयस्क चितुवाको तौल अन्दाजी ४० किलोग्राम रहेको छ ।चितुवालाई कोसीटप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोलीले नियन्त्रण लिइसकेको छ । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको यादवले बताए ।
माथिल्लो हिमाली इलाकामा देखिने हिउँचितुवा तराई क्षेत्रमा देखिनु वन्यजन्तुकर्मीहरूको लागि नौलो घटना हो । सम्भवत यसअघि यति तल्लो क्षेत्रमा हिउँचितुवा नदेखिएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहाल बताउँछन् ।
‘हामीले संयुक्त पहलमा नियन्त्रणमा लिएका छौँ, चितुवाको अरु विषयमा अब सम्बन्धित निकायले अध्ययन गर्नेछ,’ दाहालले भने, ‘तर, हिउँचितुवा यो भूभागमा देखिनु त निकै नौलो कुरा हो ।’
उता उद्धार गरेर उक्त हिउँचितुवालाई ललितपुरस्थित चिडियाखानामा लगिने भएको छ ।
Discussion about this post