इनरुवा । सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिका टासिंएको स्थानीय तह भाेक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका व्यापारहरूले म्याद सकिएको खाद्यबस्तु बिक्रीवितरण गर्ने गरेका छन् ।
उपभोक्ताहरूलाई चिराैली चाैकका स्थानीय पसल व्यावसायिहरूले म्याद सकिएको खाद्यबस्तु बिक्रीवितरण गरेर सास्ती दिदै आएका छन् भने व्यापारीहरूले अखाद्य वस्तु बिक्रीवितरण गरेर राम्रो नाफा लिएर केही व्यापारीहरूले मस्ती गरिरहेकाे बजार अनुगमनका क्रममा त्यस्तो पाइएको हाे ।यहाँका व्यापारीहरूले सिधासाेझा उपभोक्ताहरूलाई म्याद सकिएका खाद्यवस्तु बिक्री गरेर विभिन्न पसल व्यावसायिहरूले अहिले उपभोक्ताको स्वास्थ्यमा जुन हिसावले गम्भीर हेलचेक्रयाइँ गरिरहेका छन्, त्यो आफैँमा अक्षम्य अपराध रहेको बताएकी छन् ।
भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष तथा स्थानीय बजार अनुगमन समितिकि संयाेजक सुनिता कुमारी उराँवले चिराैली चाैक स्थित रहेको बजार अनुगमनका क्रममा साे बताएकी हुन् ।
स्थानीय चिराैली चाैक बिस्तार भएपछि यहाँ अहिले बजार लाग्ने गरेका छन् । यहाँका धुलाैटे बाटो कालापत्रेमा परिणत भएपछि अहिले व्यापारीहरूलाई सहज भएका छन् ।
यहाँ व्यापारीहरूले जति पसल विस्तार गरेपनि उपभोक्ताहरूकाे हितमा नरहेको भाेक्राहा नरसिंह गाउँपालिकाकी प्रशासन शाखा प्रमुख वसन्त प्रभा खनालले बताइन् ।
उनले अनुगमन गर्दै व्यापारीहरूलाई सम्झाउदैं ” मिति सकिएका गुणस्तरहीन खाद्यवस्तु बिक्री गरेका खबर आइरहेका बेला स्थानीय बजारमा म्याद गुज्रेका” बिस्कुट, पेय पदार्थ, औसधि लगायतका अखाद्य वस्तु जफत गर्दै अब बिक्रीवितरण नगर्नका लागि पहिलोपटक सचेत गराइएको बताइन् ।
उता उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ अनुसार कुनै पनि खाद्य वस्तुको उत्पादन मिति र उपभोग्य मिति स्पष्टरूपमा उल्लेख गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ भने ऐनविपरीत बिक्रीवितरण गर्ने जाे सुकैलाई रू.१० हजार रूपैयाँदेखि ३ लाखसम्म जरिवाना र कैद सजाय तोक्न सक्ने राजश्व शाखा प्रमुख विज्ञान बन्जाराले बताए ।उनलेे भने स्थानीय बजारका व्यापारीहरूले आगामी दिनमा कसैलाई पनि उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्ने छूट छैन् र हुनु पनि हुँदैन। त्यसैले स्थानीय बजार व्यावसायिहरूले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी म्याद गुज्रेको खाद्यवस्तु बिक्री गरेर जे/जस्तो गल्ती गरे त्यस आधारमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनैपर्छ। सानातिना पसल भनेर कुनै हिसावले पनि उन्मुक्ति दिनुहुँदैन। साथै अनुगमनकारी निकायले पनि अनुगमनलाई प्रभावकारी बनाई उपभोक्ता स्वास्थ्यमाथि खेलवाड गर्ने जो÷कोहीलाई कारबाहीको दायरामा ल्याउनैपर्ने बताए ।
Discussion about this post