मान बहादुर ठकुल्ला/टीकापुर । टीकापुर नगरपालिका वडान ७ मा युवा सङ्ग मेयर कार्यक्रम अन्त्रगत खुल्ला वडा स्तरिय फुटबल प्रतियोगिता टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती खेलकुद मैदानमा जारी रहेकाे छ ।
आज दाेश्राे दिनमा भएको फुटबल प्रतियोगितामा टीकापुर नगरपालिका वडा न १ ए र टीकापुर वडा न ६ ए बिच भएको थियाे ।भएकाे प्रतियोगितामा टीकापुर नगरपालिका वडा न १ ए ले टीकापुर वडा न ६ ए लाई ४ गाेलले जित हासिल गरेकाे छ ।प्रतियोगितामा दाेश्राे खेल वडा न ५ डाेङ्गपुर र टीकापुर ८ बि बिच भएकाे छ ।जसमा टीकापुर वडा न ५ डाेङ्गपुर लाई १ गाेलका बिरुद ६ गाेल गरि टीकापुर ८ बि ले जित हासिल गरेकाे छ ।त्यसैगरि तेस्राे खेल टीकापुर ७ डाँडाबाेझी र टीकापुर ९ बिच भएकाे छ । जुन खेलमा टीकापुर ७ डाडाबाेझीलाई ६ – शून्य गाेल अन्तर ले टीकापुर ९ बिजय भएकाे छ ।भोलि हुने फुटबल प्रतियोगितामा टीकापुर वडा न २ A र टीकापुर वडा न ८ A का बिच पहिलो प्रतियोगिता हुनेछ ! दोस्रो प्रतियोगिता टीकापुर वडा न ५ पार्क र गेरुवा गाउँपालिका वडा न २ बिच प्रतिस्पर्धा रहने छ भने तेस्रो खेल बर्दिया स्थित राजापुर नगरपालिका ८ र कैलालीको भजनी नगरपालिका वडा न ८ बिच हुने आयोजकले जनाएका छन् । खुल्ला वडा स्तरिय फुटबल प्रतियोगितामा बर्दिया जिल्लाकाे राजापुर नगरपालिका , गेरुवा गाउँपालिका , कैलालीको टीकापुर नगरपालिका , भजनी नगरपालिका जाेशीपुर गाउपालिका विभिन्न वडाका २४ वटा टिमकाे सहभागिता रहेकाे छ भने प्रतियोगिता २१ गते सम्म संचालन रहने छ ।प्रतियोगितामा बिजेता टिमले नगद ५१ हजार सहित ट्रफी मेडल प्रमाण पत्र समेत पाउने छन भने उप बिजेता ले नगद ३१ हजार सहित ट्रफी मेडल प्रमाणपत्र पाउने छन ।प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट गाेलरक्षक, उत्कृत डिफेन्डर,उत्कृष्ट मिट खेलाडीलाई नगद २५ सय प्रदान गरिने जानकारी दिएकाे छ ।
Discussion about this post