चिराैली । सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजाद र वडा नम्बर २ का वडाध्यक्ष आलम अंसारी आज साेमबार चीन प्रस्थान गरेका छन् । गाउँपालिकालाई पकेट क्षेत्रको रुपमा विकास गर्नको लागि हुने आज चीन प्रस्थान गरेका हुन् ।
भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तरका अनुसार गाउँपालिकामा ९० प्रतिशत स्थानीय बासिन्दा कृषि पेशामा आवद्ध रहेका छन् । स्थानीय कृषकलाई कृषिमा सहजीकरण गर्नको लागि अवलोकन गर्न चीन भर्मणमा आएको बताए ।
गाउँपालिकामा कृषि पकेट र तरकारी हबको रुपमा निर्माण हुँदै आएको उनको भनाइ छ । सोलाई थप आधुनिकीकरण गर्न तथा स्थानीयलाई प्राविधिक रुपमा सहयोग गर्नको लागि चीन जान लागेको उनले सुनाए । १२ दिने चीनको बसाईमा आफूहरुले कृषि क्षेत्रको अवलोकन गर्ने उनको भनाइ छ ।
भ्रमणमा वडा नम्बर २ का अध्यक्ष र गढी गाउँपालिकाका जनप्रतिनिधि पनि जाने उनले सुनाए । गाउँपालिकाको सेवा सञ्चालन गर्नको लागि उपाध्यक्ष सुनिता कुमारी उराँवलाई कार्यवाहक अध्यक्ष दिएको उनले बताए ।
Discussion about this post