इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूलाई कृषि सामग्री वितरण गरेका छन् ।गाउँपालिकाकाे नीति तथा कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कृषि सहकारी संस्था,कृषि समूह र कृषि फर्म मार्फत किसानहरूलाई कृषि सामग्री वितरण गर्दै आइरहेका छन् ।आज साेमबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडले आयाेजना गरेको कृषि सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा आफुले जनताको हितमा काम गर्दै आएको बताएका छन् ।उनले साे कार्यक्रममा शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरूलाई ५० प्रतिशत अनुदान रकममा कृषि सामग्री माेटर, काेदालाे, पावर स्प्रेयर लगायतका कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
Discussion about this post