इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले किसानहरूलाई कृषि सामग्री वितरण गरेका छन् ।
गाउँपालिकाकाे नीति तथा कार्यक्रम अन्तरगत चालू आर्थिक वर्ष २०८०/८१ मा विभिन्न कृषि सहकारी संस्था,कृषि समूह र कृषि फर्म मार्फत किसानहरूलाई कृषि सामग्री वितरण गर्दै आइरहेका छन् ।
आज साेमबार भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ स्थित शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडले आयाेजना गरेको कृषि सामग्री वितरण तथा हस्तान्तरण कार्यक्रममा आफुले जनताको हितमा काम गर्दै आएको बताएका छन् ।
उनले साे कार्यक्रममा शान्तेश्वर कृषि सहकारी संस्था लिमिटेडका सेयर सदस्यहरूलाई ५० प्रतिशत अनुदान रकममा कृषि सामग्री माेटर, काेदालाे, पावर स्प्रेयर लगायतका कृषि सामग्री हस्तान्तरण गरेका हुन् ।
खेतीयोग्य जग्गा आवासीय कायम गरिएको भन्दै इनरुवामा स्थानीयको विरोध
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा खेतीयोग्य जमिनलाई आवासीय प्रयोजनमा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयका...











Discussion about this post