इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ स्थित सिसाै टाेलमा आगलागी हुँदा ८ परिवारको घर जलेर नष्ट भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं -३ निवासी शिक्षक रामदेव मेहता , जियान्नद मेहता, जाेगिन्द्र मेहता, देवलाल मेहता, ज्ञानेन्द मेहता, प्रमान्नद मेहता, शिवनारायण मेहता लगायतको ८ परिवारको लाखौं रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।आगलागीबाट घनमाल जलेर नष्ट (खरानी) भएको खबर गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सुन्दा दुःख व्यक्त गर्दै आफू जिल्ला बाहिर रहेको हुँदा तत्काल राहत सामग्री वितरण गर्न कर्मचारीलाई निर्देशन दिइएको थियो ।
साेही निर्देशन बमोजिम कार्यपालिका सदस्य धर्मनाथ भगत, रामेश्वर खत्वे, जिन्सी शाखा प्रमुख हिरा साह, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव लगायतका सराेकारवालाहरूकाे उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ ।पालिकाले तत्काल त्रिपाल प्रति परिवारलाई १ थान, चामल १ प्याकेट, पानी २ कार्टुन, चाउचाउ १ कार्टुन , भुजा १ प्याकेट, च्युरा ५ केजी, नुन ५ केजी,चिनी,चियापति लगायतका आवश्यक खाद्यान्न सामग्री सहितको राहत सामग्री हस्तान्तरण गरेका छन् ।
Discussion about this post