इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ स्थित सिसाै टाेलमा आगलागी हुँदा ८ परिवारको घर जलेर नष्ट भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका वडा नं -३ निवासी शिक्षक रामदेव मेहता , जियान्नद मेहता, जाेगिन्द्र मेहता, देवलाल मेहता, ज्ञानेन्द मेहता, प्रमान्नद मेहता, शिवनारायण मेहता लगायतको ८ परिवारको लाखौं रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हाे ।
आगलागीबाट घनमाल जलेर नष्ट (खरानी) भएको खबर गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले सुन्दा दुःख व्यक्त गर्दै आफू जिल्ला बाहिर रहेको हुँदा तत्काल राहत सामग्री वितरण गर्न कर्मचारीलाई निर्देशन दिइएको थियो ।
साेही निर्देशन बमोजिम कार्यपालिका सदस्य धर्मनाथ भगत, रामेश्वर खत्वे, जिन्सी शाखा प्रमुख हिरा साह, वडा नम्बर ३ का वडाध्यक्ष धिरेन्द्र यादव लगायतका सराेकारवालाहरूकाे उपस्थितिमा राहत सामग्री वितरण गरिएको छ ।
पालिकाले तत्काल त्रिपाल प्रति परिवारलाई १ थान, चामल १ प्याकेट, पानी २ कार्टुन, चाउचाउ १ कार्टुन , भुजा १ प्याकेट, च्युरा ५ केजी, नुन ५ केजी,चिनी,चियापति लगायतका आवश्यक खाद्यान्न सामग्री सहितको राहत सामग्री हस्तान्तरण गरेका छन् ।










Discussion about this post