बारा । बारा जिल्लाबाट तस्करी गर्न तस्करहरूलाई छुट दिएको हो कि भन्ने भान हुन थालेको छ । किनकि यस्तो तस्करी धन्दा डेढ बर्ष यता भएको थिएन । यो भनाई हो सिम्राैनगढमा स्थानीयवासी बिन्देश्वर साहको । उनको कुरा सुन्दा लाग्छ कि बारा अहिले तस्करहरूकाे अखडा मात्रै नभएर उनीहरूलाई जतिसक्यो लुट भन्नाका लागि छुट दिइएको छ ।
कचर्वा प्रहरी चाैकी मातहतको झरओखर सीमावर्ती क्षेत्रबाट अहिले दैनिक ५ सयभन्दा बढी बाेरा धान प्रहरीकाे सेटिङमा तस्करी भई नेपाल भित्रिरहेकाे छ । स्थानीय श्याम साहका अनुसार प्रहरीले धान तस्करीको लागि चार जनालाई लाइन दिएको छ । तस्करीको लाइन पाउनेहरूमा बिन्देश्वर , राजकिशाेर , जितेन्द्र यादव र श्यामसुन्दर रहेका छन् । यी चारजना मध्ये बिन्देश्वर र राजकिशाेर नेपाली हुन भने जितेन्द्र यादव र श्यामसुन्दर भारतीय नागरिक हुन । यसैगरी बैरिया नाकाबाट पनि केही दिन यता व्यापक तस्करी चलिरहेको छ । यो नाकाबाट भारतीय नागरिक उपेन्द्र र प्रदिप भन्नेलाई हार्डवेयरकाे ठूलो तस्करीको लाइन दिइएको छ । यो तस्करीमा नेपाल प्रहरीको बैरिया , पथलवाघाट र खजानी प्रहरी चाैकीका प्रमुखहरूकाे संरक्षण र सेटिङ रहेको स्थानीय धुर्व साहले बताए । झरओखर नाकाबाट गुरूदेव , माष्टर , दीपक , भाेला , बलिराम र अरबिन्दकाे कपडाको ठूलो तस्करी लाइन चलेको छ । यी मध्ये अरबिन्द भारतीय नागरिक हुन भने बांकी नेपाली हुन । यसै नाकाबाट शत्रुधन र सुभाषकाे कुखुराको चल्लाकाे तस्करी पनि व्यापक मात्रामा चलिरहेको छ । तस्करीको लाइन दिएवापत तस्करहरूले नेपाल प्रहरीको हकमा बैरिया , पथलवाघाट र खजानीका असईहरूलाई साेझै रकम दिदै आएका छन् । नेपाल प्रहरीकाे हकमा बैरिया , पथलवाघाट र कचर्वा तीन वटै चाैकी इलाका प्रहरी कार्यालय सिम्राैनगढ मातहत पर्दछ । बैरियामा असई रामविनय यादव , पथलवाघाटमा असई दिनेश कुमार महत्ताे र कचर्वामा असई कमलेश साह रहेका छन् । इप्रका सिम्राैनगढमा भने प्रहरी निरीक्षक नवीन राई प्रमुख छन् ।
सशस्त्र प्रहरी बलको हकमा पिपरपाती स्थित प्रस्तावित गुल्मबाट घुमुवाकाे रूपमा परिचालन गरिएका हवल्दार प्रकाश थापाले गर्दै आइरहेका छन् । गुल्मपति डिएसपी काली प्रसाद चाैधरीकाे अति बिश्वासपात्रकाे रूपमा हवल्दार प्रकाश थापा आंफै तस्करहरूसंग भेट गरेको यहाँ जाे काेहीले पनि देखिरहेको हुन्छ । यहाँबाट मलको तस्करी पनि व्यापक रूपमा चलिरहेको छ । दैनिक ५ सयभन्दा बढी बाेरा मलकाे तस्करी पनि हुदै आएको छ । बैरिया बलुवाघाटबाट तस्करीको मल निस्कने गरेको छ। सयौं साइकलका माध्यमबाट मल तस्करी गरेर नेपाल ल्याई घर घरमा गाेदाम गर्ने र त्यसपछि अन्यत्र लैजाने धन्दा हुदै आएको छ । सशस्त्र प्रहरीकाे गुल्मबाट खटिएका घुमुवालाई प्रति साइकल ५० रूपैयाँकाे दरले काराेवारीले घुष दिने गरेको साइकलवालाहरू बताउँछन् । यहाँ यसरी मल ल्याउने साइकल सयौंकाे संख्यामा छन् । तस्करीको लाइन मिलाउन सहयोग गर्ने व्यक्ति सिम्राैनगढ उद्योग बाणिज्य संघको अध्यक्ष लालबाबु कुशवाहा भएको र काराेवारका उनको पनि साझेदारी रहेको आराेप स्थानीय व्यापारीहरूकाे छ । तर उनी यो कुरालाई भने अस्वीकार गर्छन्
Discussion about this post