दिपेन्द्र यादव/इनरुवा । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. ४ मा पर्ने बराहक्षेत्र नगरपालिकाका भूतपूर्व मेयर तथा नेकपा एमाले सुनसरी जिल्ला अध्यक्ष निलम खनालको असामयिक निधनले सम्पूर्ण क्षेत्र मर्माहत र स्तब्ध भएको छ। खनाल अति मिलनसार र सरल स्वभावका धनी व्यक्ति थिए, जसका कारण उनी सबैको प्रिय थिए।
वहाँको निधनको खबरपछि, गढी गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले शोकमा डुबेका सबैलाई संवेदना व्यक्त गर्दै शोक मनाउनको लागि आज जेठ २७ गते आईतबार सार्वजनिक विदाको घोषणा गरेका छन्। यस सार्वजनिक विदामा गढी गाउँपालिकाका सबै निकाय, सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
निलम खनालको निधनले उनको परिवार, समर्थक, र नेकपा एमाले पार्टीमा ठूलो शोकको वातावरण सृजना गरेको छ। खनालको आत्माको चीरशान्तीको कामना गर्दै, उनको योगदानको स्मरणमा सम्पूर्ण क्षेत्रले शोक व्यक्त गरेको छ।
यस दु:खद घटनाले सम्पूर्ण क्षेत्रलाई एकताबद्ध गरेको छ र निलम खनालको व्यक्तित्व र उनको कार्यप्रति सबैले सम्मान व्यक्त गरेका छन्। वहाँको निधनले उत्पन्न भएको शून्यलाई भरपाई गर्न सकिने छैन, तर वहाँको स्मरणमा सम्पूर्ण क्षेत्रले शान्ति र समृद्धिको कामना गर्दै अगाडि बढ्ने आशा राखिएको छ। यसअघि सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका, काेशी गाउँपालिका र हरिनगर गाउँपालिकाले पनि शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरि आज सार्वजनिक विदा दिइएको छ ।
Discussion about this post