वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकाले डेङगु रोगको महामारिलाई न्युनिकरणकालागि सचेतनात्म कार्यक्रमलाई तिब्रता दिएको छ । डेङगु रोग संक्रमणलाई न्युनिकरणकालागि नगरपालिकाले वडा वडामा गएर सचेतनात्म कार्यक्रमलाई प्रथामिकता दिएर अभियान सञ्चालन गरेको नगरपालिकाका सामाजिक बिकाश शाखाका अधिकृत अरुण मेहताले बताए ।
गएको वर्षहरुको तथ्याङ्का आधारमा डेङगु रोगको उच्च जोखिममा रहेको वराहक्षेत्र नगरपालिकाले वडा, वडामा गएर सरोकारवालाहरुलाई सहभागिता गराएर डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो ।
यसै क्रममा बुधवार वडा नं ५ मा डेङगु रोग महामारी न्युनिकरणकालागि सचेतना गरिएको छ । यस अगाडि वडा नं १ , वडा नं २ , वडा नं ४ ,वडा नं ६ , वडा नं ७ र वडा नं ८ , वडा ९ , वडा १० र वडा नं ११ सम्पन् भएको थियो ।
वडा कार्यलयमा आयोजना भएको कार्यक्रममा नगर प्रमुख रमेश कार्की , नगर उपप्रमुख नन्दकुमारी सुनुवार , वडाध्य रोहित काफ्ले, स्वास्थ्य शाखाका अधिकृत, वडाका जनप्रतिनिधिहरु , वडामा रहेका कर्मचारीज्युहरु, वडामा रहेका स्वास्थ्य संस्था, बिद्यालयका प्रतिनिधिज्युहरु, महिला स्वास्थ्य स्वयसेविकाज्यु, संघ, संस्थाका प्रतिनिधिज्युहरु, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
“खोज र नष्ट गर ” अभियानलाई प्रथामिकतामा राखेर सुरु भएको उक्त अभिमुखिकरण कार्यक्रम डेङ्गु सार्ने लामखुट्टेको बास स्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने सम्बन्धी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उमेश मेहता सहजिकरण गरेका थिए ।
डेङगु रोग न्युनिकरण र यसबाट सुरक्षित रहन व्यतिगत सरफाईमा लाग्न नगर प्रमुख रमेश कार्कीले आग्रह गरे । नगरपालिकाले आर्थिक रुपमा कमजोर परिवारका विरामिहरुलाई डेङ्गु रोगको परिक्षण निशुल्क गर्ने बताए । डेङगु रोगको लक्ष्यण देखा परेका बिरामिहरुलाई नगरपालिकाले नगर भित्रका स्वास्थ्य संस्थाबाट निशुल्क परिक्षण , जीवन जल र आवश्यक अौषधिहरुको व्यवस्थापन गर्ने छ । यसलालाई चतरा अस्पताल , नगर अस्पताल , मधुवन प्रथामिक स्वास्थ्य केन्द्र लगायतका संस्था संस्थामा आवश्यक तयारी र ब्यवस्थापन गरिनेछ । व्यक्तिगत सरसफाई , घर वरवरको सरसफाईमा लाग्न नगरवासिलाइ आग्रह गरे । घर वरवरको पानी जम्ने खाडल पुर्न , पानि जम्म नदिन् , सरसफाईमा लाग्न र डेङगुको लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था जान आग्रह गरे ।
नगरपालिकाले डेङगु सक्रमणलाई बिपत्तकै रुपमा लिएर व्यवस्थापन , आवश्यक्तालाई मध्यनजर गर्दै काम समेत सुरु गरेको र यसलाई प्रभाबकारी रुप दिन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम् सेविका तथा समाजिक संघ ,संस्थालाई नगर प्रमुख कार्कीले निर्देशन दिए ।
डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोजी गर्ने र लार्भा नष्ट गर्ने
लार्भा सर्च एण्ड डिस्ट्रोयर्ड ( खोज नष्ट गर ) अभियानलाई टोल टोलमा पुर्याउने उनले बताए ।
Discussion about this post