दिपेन्द्र यादव/सुनसरी – कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत भदौ १५ गते विभिन्न जिल्लाहरूमा आयोजित सचेतनामुलक कार्यक्रमहरू र कानूनी कार्यवाहीहरू सफलतापूर्वक सम्पन्न भएका छन्। अभियानको उद्देश्य जनचेतना अभिवृद्धि गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउनु रहेको थियो।
जिल्लागत सचेतना कार्यक्रम र ट्राफिक कारबाही
कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा संचालन गरिएको सचेतनामुलक कार्यक्रमहरूमार्फत ११९ वटा विभिन्न कार्यक्रम सम्पन्न गरियो। साथै, ट्राफिक नियम उल्लंघन गर्ने १४७ जना विरुद्ध कारवाही गरिएको छ र जम्मा ३,७५,००० रुपैयाँ जरिवाना संकलन गरिएको छ।
कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा संचालन गरिएको सचेतनामुलक कार्यक्रम अन्तर्गत प्रमुख गतिविधिहरूमा लागुऔषध नियन्त्रण, भन्सार छल्न रोकथाम, आगलागी नियन्त्रण, गाँजा फँडानी, र कोसीमाई पानीको बहाव सम्बन्धी रहेका छन्।
यी मध्ये प्रमुख कार्यक्रमहरूमा:
लागुऔषध नियन्त्रण : उदयपुर जिल्लामा १ ओटा अफिम २२ एम्पुल पक्राउ गरेकोे छ ।
-भन्सार छल्न रोकथाम : मार्टिन र झापा जिल्लामा क्रमशः रू. ६,५०,६०० र रू. ३,५०,००० बराबरको सामान बरामद गर्न सफल भएका छन्।
आगलागी नियन्त्रण: सुनसरी र झापा जिल्लामा विभिन्न स्थानमा सफलतापूर्वक आगलागी नियन्त्रण।
गाँजा फँडानी: भोजपुर र झापामा क्रमशः ४,५०० बोट गाँजा नष्ट गरेका छन् ।
कोसीमाई पानीको बहाव : सुनसरीमा ५६ ओटा मध्ये १५ ओटा ढोका खोलिएको छ।
जनसमुदायको भूमिका
प्रहरीले यो अभियानमा जनसहभागितालाई महत्वपूर्ण ठानेको छ। “बोकेर काँधमा राष्ट्रको गहन जिम्मेवारी, जनसेवामा सदैव समर्पित रहनेछ नेपाल प्रहरी” भन्ने नारालाई जनसमुदायले पनि समर्थन गरेका छन्।
यता प्रहरीले सुरक्षा सुनिश्चितता अभियानको प्रभावकारिता स्थानीय जनताको सुरक्षा प्रति प्रहरीको प्रतिबद्धता प्रदर्शन गर्न सफल भएको छ। यसले अपराध नियन्त्रणमा सहयोग पुर्याउनुका साथै नागरिकहरूमा सुरक्षा प्रतिको विश्वास बढाएको छ।
Discussion about this post