इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ८ वटै वडाका ६४ जना स्वास्थ्य स्वयंसेविकाहरुले लामो समयदेखी उठाउदैँ आएको माग सम्बोधन भएको छ ।
विगत लामो समय देखी भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटै वडामा समाजसेवीको भुमिका निर्वाह गर्दै आएको स्वास्थ्य स्वयंमसेवीकाहरुले सेवाग्राहीहरुलाई सहज सेवा प्रदान गर्नका लागि गाउँपालिकासँग साइकलको माग गरेकी थिइन् ।
स्वास्थ्य स्वयंमसेवीकाहरुले लामो समय देखी उठाउदै आएको मागलाई वर्तमान प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले आफुहरुको मागलाई बेवास्ता नगरी सम्बोधन गरेको स्वास्थ्य स्वयंमसेविका आशा साहले जानकारी दिइन् ।
आइतबार १८ औँ राष्ट्रिय महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले सहज सुविधाका लागि ६४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेकी छन् ।
भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत ८ वटै वटामा समाजसेवीको भुमिका निर्वाह गर्दै आएकी महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेपनि स्वास्थ्य स्वयंमसेविकाहरुको अनुहारमा मुस्कान छाएको हो ।
एक स्वास्थ्य स्वयंमसेवीकाले कार्यक्रममा आफ्नौ मन्तव्य राख्ने क्रममा भने हामी नसोचेको काम पालिकाले गरेपनि म लागायत सबै स्वास्थ्य स्वयंमसेविका खुशी भएको बताइन् ।
अर्का स्वास्थ्य स्वयंमसेविका मुनेशवरी देवी मेहता साइकल पाएपछि उनी अब आवतजावतमा सहज हुने बताउँछिन् । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, उनले भनिन्, “स्थानीय सरकारले समयमै नबुझेपनि ढिलो बुझेछ । तर ढिलै भएपनि साइकल उपहार दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”
“हामीलाई स्वास्थ्यसँग सम्बन्धित वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, उनले भनिन्, “गाउँपालिकाले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले विगत चार वर्ष देखी गाउँपालिकालाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”
उता कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने स्वास्थ्य स्वयंमसेवीकाको काम धैरे छ तर उनीहरुलाई सुविधा केही छैन हामी उनीहरुलाई काम गरे वपतको अतिरिक्त यातायात खर्च व्यावस्थापन समेत गर्दै आएको बताए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एंव भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले स्वास्थ्य स्वायंसेविकाहरुलाई साइकल मात्रै होइन अव एक महिना पछि अन्तर जिल्ला भर्मण गराउने कार्यक्रममा बताइन् ।
उनले भनिन् आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वतावरण तयार गर्ने बताइन् ।
कार्यवाहक अध्यक्ष मेहताले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने उनले बताइन् । “हामी यहाँहरुलाई खुशी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुशी रहनुपर्छ”, कार्यवाहक अध्यक्ष मेहताले भने, “तपाईँहरुकै कारण महिलाको नेतृत्व र क्षमता विकास भएको छ । उता सो जिल्ला प्रहरी कार्यालाय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार काकी, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीका प्रहरी निरिक्षक अरुण पाण्डे लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको थियो ।
Discussion about this post