धरान / धरानमा अव्यवस्थित बसोबास, भूमिहिनलाई उनिहरु बसेका ठाउँमै जग्गा दिन नाप–जाँच भैरहेका बेला सर्दुखोला अतिक्रमण गरीबसेका नयाँ सुकुम्बासीलाई हटाउने ताजा निर्णय भएको छ । जिल्ला प्रशासन, सुरक्षा निकायका स्थानिय अधिकारीहरु सहित सर्वपक्षिय बैठकले त्यस्तो निर्णय गरेको हो ।
मेयर तिलक राईका अनुसार धरानका भूमिहिनलाई सरकारी मापदण्ड अनुसार जग्गा दिने प्रकृया अघि बढेको बेला अनधिकृत रुपमा हालसालै सार्वजनिक जग्गा अतिक्मण हुन थालेपछि उक्त निर्णय गरिएको हो । दुई महिना यता धरान–१७ सर्दुखोला किनार अतिक्रमण गरी घर टहरा बनाउने कार्य तिब्र बनेको छ ।
सुकुम्बासीको नाममा खोलाको बगर, सार्वजनिक जग्गा अतिक्रमण गरी २०७२ सालयता बसेका बस्तीलाई क्रमबद्ध रुपमा हटाउने मापदण्ड बनाइएको छ । बस्ति हटाउने कार्य वडा १७ बाट गरिने भएको हो । त्यहाँको देविथान, कालापानी लगायत खोलाहरुको किनारा, बहाव क्षेत्रमा रातारात घर टहरा बनिरहेको बताइएको छ ।
नयाँ सुकुम्बासी अतिक्रमणले धरानमा खुल्ला क्षेत्र, सार्वजनिक जग्गा संरक्षण संकटमा परेको, प्रस्तावित सर्दु करिडोर सडक योजनालाई समेत अवरोध गर्ने, देखिएकाले नयाँ बस्ती हटाउने कुरामा धरानका राजनितिक दलहरुले बैठकमा प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकको अध्यक्षता मेयर राईले गरेका थिए । बैठकमा उपमेयर मञ्जु भण्डारी, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दलहरुका स्थानिय नेतृत्वहरुको सहभागी थिए । को सकृय सहभागिता एवं संलग्नता र समन्वयमा सम्पन्न गर्ने समेत निर्णय गरेको हो । बैठकले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायहरु र राजनितिक दलहरुको सकृय सहभागिता र समन्वयमा सुकुम्बासी हटाउने कार्यगर्ने निर्णय गरेको छ ।
Discussion about this post