• pradeshpoint
  • Pradeshpoint
Monday, March 9, 2026
Pradeshpoint
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना
No Result
View All Result
Pradeshpoint
No Result
View All Result

बुढासुब्बा फुटबल प्रतियोगीता चैतमा गरिने तयारी विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख

प्रदेश प्वाइन्ट (डेस्क) 📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०७८ फाल्गुन १८ गते, १३:५४ बजे प्रकाशित
in Uncategorized, कला पाना, पालिका खबर, मुख्य पाना, स्थानीय खबर
बुढासुब्बा फुटबल प्रतियोगीता चैतमा गरिने तयारी विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख
45
SHARES
Share on FacebookShare on Twitter

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगीताको २३ औं संस्करण आउँदो चैत २६ देखी २०७९ बैशाख ३ सम्म सञ्चालन गर्न तयारी थालिएको छ । कोरोना महामारीका कारण गतः वर्ष प्रतियोगीता स्थगित भएको थियो । जोखिमको परिस्थिति न्युनिकरण हुँदै आएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै यसपाली प्रतियोगती आयोजना गरिने तयारी गरिएको हो ।

आयोजक धरान फुटबल क्लबव्दारा आज मंगलावार विहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष किशोर राईले उक्त जानकारी दिएका हुन् । उनले भने ‘बाइस वर्ष देखी निरन्तर चल्दै आएको बुढासुब्बा गोल्डकपको इतिहासमा गतवर्ष कोरोनाका कारण रोकीदा काठमाण्डू बाहिरको फुटबलनै ठप्प भएको खेलप्रेमीहरुले अनुभव गरे ।’

बुढासुब्बा फुटबलले सरकारी लगानी बिना स्थानिय साधन श्रोत जुटाएर ‘क’ श्रेणिको नेपाली प्रतियोगीताहरुमा इतिहास बनाएको उनले बताए । उनले भने ‘जस्तो सुकै संकटको सामना गरेर भएपनि बुढासुब्बा फुटबलाई हामी निरन्तर दिन्छौ ।’ उनले प्रतियोगीताको आयोजनाले कोरोना महामारीबाट निराश खेलकुद, व्यापार र जनजीवनलाई नयाँ गति दिने विश्वास व्यक्त गरे ।

प्रारम्भिक तयारीका क्रममा २३ औं बुढासुब्बा गोल्डकपमा २ भारतिय फुटबल टिम सहभागी गराइने गृहकार्य भैरहेको बताइएको छ । शहिद स्मारक लिगमा भर्खरै उत्कृष्ट घोषित ३ वटा क्लब, उपत्यका बाहिर मोफसलका २ र आयोजक धरान फुटबल क्यब समेत गरी ८ वटा टिम प्रतियोगीतामा सहभागी गराइने तयारी भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख छ ।

धरान उपमहानगरपालिकाले प्रतियोगीता आयोजना गर्न १८ लाख रुपया प्रदान गर्ने निर्णय भएको अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार उक्त रकम विजेतालाई १० लाख रुपया, उपविजेतालाई ५ लाख रुपया वितरणमा खर्च गरिने छ । ३ लाख रुपया घरेलु टिम धरान फुटबल क्लबको टोलीलाई पूर्व अभ्यासका लागि खर्च गरिने उनले बताए । मुख्य पुरस्कारको रकम निश्चित भएपछि आयोजकलाई प्रतियोगीता आयोजना गर्न सहज भएको छ ।

यसैगरी उत्कृष्ट खेलाडिलाई १ लाख ५० हजार, म्यान अफ दि म्याच ७० हजार, सर्वाधिक गोलकर्ता २० हजार, उत्कृष्ट प्रशिक्षक १५ हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर र उत्कृष्ट स्ट्राइकरलाई १५/१५ हजार रुपया नगद पुरस्कार प्रदान गरिने बजेटमा उल्लेख छ ।

गोर्खा ब्रुअरीको प्रमुख प्रयोजनमा हुने प्रतियोगीतका लागि सार्वजनिक गरिएको अनुभानित बजेटमा कुल आम्दामी ६६ लाख रुपया अनुमान गरिएको छ । कुल खर्च ५१ लाख ३२ हजार रुपया हुने अनुमान छ । अध्यक्ष राईले भने ‘यो प्रारम्भिक अनुमान हो, नाफा नै हुन्छ भनेर भन्न सकिन्न ।’ कोरोना महामारीका कारण स्थानिय साधन श्रोत जुट्न कठिन छ । उनले गोल्डकपको २२ औ प्रतियोगीतामा प्रदेश १ सरकारले विनियोजन गरिसकेको रकम समेत नदिएको र राष्ट्रिय खेलकुद परिषदले पनि अहिले सम्म रकम भुक्तान नगरेको गुनासो सुनाए ।

Tags: उपविजेतालाई ५ लाखचैतमा गरिने तयारीफुटबल प्रतियोगीताबुढासुब्बाविजेतालाई १० लाख

Related Posts

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित
FEATURE

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
0

सुनसरी । झापा निर्वाचन क्षेत्र नम्बर ५ को नतिजाले यसपटक नेपाली राजनीतिमा ठुलै ‘कमेडी सीन’ थपिदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी...

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित
FEATURE

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

📝 प्रदेश प्वाइन्ट (डेस्क)
२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
0

चितवन ।  रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै...

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित
होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

होटेल बरण्डामा निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२ फाल्गुन १६ गते, २२:२७ बजे प्रकाशित
छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

छ करोड ६० लाख खर्चेर निजी लगानीमा चन्देश्वर शिव मन्दिर निर्माण

२०८२ फाल्गुन १६ गते, २२:०६ बजे प्रकाशित
प्रशासनिक टोलीको समन्वयमा गतिशील भोक्राहा नरसिंह, विकासमा देखियो गुणात्मक फड्को

भोक्राहा नरसिंह गाउँपालिकाद्वारा रमजान २०८२ को शुभकामना

२०८२ फाल्गुन ७ गते, १२:३९ बजे प्रकाशित

Discussion about this post

ताजा समाचार

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

३० हजारभन्दा बढी मतसहित उदयपुर–१ मा पारसमणि गेलालको जित

२०८२ फाल्गुन २४ गते, १३:०८ बजे प्रकाशित
सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

सुनसरी–३ मा रास्वपा अशोककुमार चौधरीको जोरदार विजय, गच्छदार–भगवती पछाडि

२०८२ फाल्गुन २४ गते, १२:४५ बजे प्रकाशित
ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

ओलीको बलियो क्षेत्रमा बालेनको सनसनीपूर्ण विजय

२०८२ फाल्गुन २४ गते, १२:३३ बजे प्रकाशित
बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

बालेनको मत वर्षा, झापा–५ मा ओली पराजित

२०८२ फाल्गुन २३ गते, १८:३७ बजे प्रकाशित
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

लामिछाने चितवन क्षेत्र नम्बर २ बाट तेस्रोपटक निर्वाचित

२०८२ फाल्गुन २३ गते, ८:०७ बजे प्रकाशित
सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

सुनसरीमा ६४ प्रतिशत मतदान, मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने

२०८२ फाल्गुन २१ गते, २०:४६ बजे प्रकाशित

Follow on Facebook

बढी पढिएका समाचार

  • बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    बर्जु गाउँपालिका अध्यक्ष रधुनन्दन चाैधरीको दम्भको कारण ताेडफाेड

    1395 shares
    Share 558 Tweet 349
  • भाेक्राहा नरसिंहमा श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या

    818 shares
    Share 327 Tweet 205
  • इनरुवा अस्पतालमा डाक्टर देवराज घिमिरेले अभद्रव्यवहार गरेको आरोप

    789 shares
    Share 316 Tweet 197
  • भोक्राहा नरसिंह पालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले पाए न्याय

    766 shares
    Share 306 Tweet 192
  • प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

    723 shares
    Share 289 Tweet 181
Facebook Twitter

सम्पर्क विवरण

कम्पनी : प्रदेश प्वाइन्ट मिडिया प्रा.लि.
ठेगाना : भोक्राहा नरसिंह ७, सुनसरी
इमेल : pradeshpoint@gmail.com
मोबाइल नं. : ९८५१०३७४९७
बिज्ञापनका लागि : ९८१९०००१४३, ९८१४३२३२६८

हाम्राे टिम

सञ्चालक तथा सम्पादक : रन्धिर यादव
सह-सम्पादक : निश्चल शर्मा
प्रमुख समाचारदाता : भावना ऋषिदेव
डेस्क रिपोर्टर : रञ्जना कुमारी यादव
देवानगञ्ज सम्वाददाता : जुगेश दास
काेसी प्रदेश प्रमुख : सन्तोष मेहता
सम्पर्क : ९८०४०४१२७३
मधेस प्रदेश प्रमुख : शुभनारायण यादव
माेबाइल नम्बर : ९८४२८२३६६३ / ९८१९९७८९१०
लुम्बिनी प्रदेश प्रमुख : रबिन्द्र यादव
माेबाइल नम्बर : ९८०४४२३४९७
सुदुरपश्चिम प्रदेश प्रमुख : मान बहादुर ठकुल्ला
कानुनी सल्लाहकार : बसन्त सुवेदी

दर्ता नम्बर

कम्पनी दर्ता नं. २६७२१०/२०७८/०७९
पान नंं. ६१००४९३५४
सूचना तथा प्रशारण विभाग द.नं. : २९८५-२०७८-०७९
प्रेस काउन्सिल सूचीकरण नं. : २३४-२०७८-०७९

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • स्थानीय खबर
  • कला पाना
  • अन्तरवार्ता
  • अर्थ पाना
  • खेल पाना

© Pradeshpana Media Pvt. Ltd (Pradeshpana) 2021 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist