इनरूवा ।स्थानीय तह निर्वाचनको मिति नजिक्दै जादाँ नेकपा माओवादी केन्द्रले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा पनि आफ्नो चुनावी अभियान सुरु गरेको छ ।
पार्टीकी केन्द्रिय सदस्य तथा भोक्राहा नरसिंह इन्चार्ज अनिता परियारको अध्यक्षतामा शुक्रबार बसेको भेलाले भोक्राहा नरसिंहका ८ वटै वडामा निर्वाचनका लागि इन्चार्जहरु तोकिएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालको प्रमुख आतिथ्यमा भएको भेलामा जनवर्गीय संगठनका इन्चार्जहरुलाई समेत निर्वाचन परिचालन समितिमा जिम्मेवारी तोकिएको छ ।
प्रदेश एक सांसद समेत रहेकी माओवादी नेतृ अनिता परियारको नेतृत्वमा ६४ जनाको मुल निर्वाचन परिचालन समिति गठन गरिएको छ भने वार्ता समिति, आर्थिक समिति र प्रचार प्रसार समितिको समेत टुँगो लगाइएको छ ।
नेकपा माओवादी केन्द्रले भोक्राहा नरसिंहका बिभिन्न ८ वडामा इन्चार्जहरु तोकेको छ । निर्वाचनको लागि नेतृत्व पाउनहरुमा वडा नम्बर १ मा १ अमरुद्र हलवाई, वडा नम्बर २ मा बसिरा खातुन, वडा नम्बर ३ मा विद्यानन्द मेहता, वडा नम्बर ४ मा चोलेन्द्र परियार र वडा नम्बर ५ मा सन्जय यादव छन् । यसैगरी वडा नम्बर ६ मा देव नारायण मण्डल, वडा नम्बर ७ मा हेम नारायण मण्डल र वडा नम्बर ८ मा श्यान्देव यादवले निर्वाचन परिचालन कमिटीको नेतृत्व हेर्ने जिम्मेवारी पाएका छन् ।
भेलामा नेकपा माओवादीका केन्द्रिय सल्लाहाकार तथा पुर्व राज्यमन्त्री जाकिर हुसेन र प्रदेश सदस्य दिलु महम्मदको विशेष आतिथ्यता रहेका पार्टीका भोक्राहा नरसिंह इन्चार्ज अनिता परियारले जानकारी दिइन् ।
Discussion about this post